Monday, January 4, 2016

वाल्टिमोरमा अन्तरक्रिया कार्यक्रम

DSCN3433a

३ डिसेम्वर, वाल्टिमोर, मेरिल्याण्ड

एनआरएन मेरिल्याण्ड च्याप्टरको आयोजनामा अमेरिका भ्रमणमा रहनु भएका नेपाल उद्योग वाणिज्य महासँघका उपाध्यक्ष तथा व्यवसायी किशोर प्रधानसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
सो अवसरमा प्रमुख अतिथिको आसनवाट वोल्दै नेपाल उद्योग वाणिज्य महासँघका उपाध्यक्ष प्रधानले नेपालमा उद्योग वाणिज्यको क्षेत्रमा भएका विभिन्न समस्याहरुको विस्तृत चर्चा गर्दै एनआरएनहरुले केके मा सहयोग पुर्याउन सकिन्छ भन्ने विषयमा समेत आफ्नो धारणा राख्नु भएको थियो ।
एनआरएन वाल्टिमोरका प्रविण भण्डारीवाट स्वागत मन्तव्यसहित शुरु भएको सो अन्तरक्रिया कार्यक्रममा दुर्गा प्रसाद श्रेष्ठ, पारसमणि श्रेष्ठ, प्रेमकुमार श्रेष्ठ, कुलमणि आचार्य, एच वी भण्डारी, शिवराज पौडेलले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन अर्जुन हमालले गर्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...