Thursday, January 7, 2016

कमरेड- मलाई त सन्चै छ, ज्यानलाई कस्तो छ ?

prakash nepal

कमरेड- मलाई त सन्चै छ, ज्यानलाई कस्तो छ?

आजकल अलि दौढ़धूप बढेको छ
मनमा धर्म गडेको छ
दुइ चार भाकल गरेकी थिएँ
सुपा देउराली र मनकामना झरेकी थिएँ
केहि दिन पर सरेकी नि थिएँ
तेसैले फोन उठाउन पाइन
तपाइलाई समाचार पठाऊन नि पाइन
कमरेड- मलाई त सन्चै छ, ज्यानलाई कस्तो छ?
भुइचालोले मरेका मान्छेको कुरा गर्नु भा रैछ
जाडोले मरेको कुरा गर्नु भा रैछ
दिन दहाडै कठान्ग्रियेर
मरेका नानीहरुको पनि कुरा गर्नु भा रैछ
अनि गर्नु भा रैछ – न्यानो कम्मलको कुरा
दुख लाग्यो – राहतको नि कुरा गर्नु भा रैछ
सुनाई दिनु – मेरो संदेश
भनिदिनु -यता नि जाडो बढेको छ
राहतको चामल नि यतै कतै सडेको छ
जाडो न हो – तेत्ति धेरै आत्तिनु हुन्न
घाम देखेर मात्तिनु नि हुन्न
मर्नु बाच्नु नि रित हो
सबभन्दा ठुलो त प्रित हो

भनि दिनु –
दुइ चार भाकल गरेकी थिएँ
बूढा सुब्बा देउराली नि झरेकी थिएँ
केहि दिन पर सरेकी पनि थिएँ
भनि दिनु –तपाइको खबर बुझ्ने छु
गाउँको खबर त हो – के नै ठुलो कुरो भो र
खबरै खबरले रुझ्ने छु
कमरेड- मलाई त सन्चै छ, ज्यानलाई कस्तो छ ?

*

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...