Tuesday, January 26, 2016

पौडी खेल्दा एकजना विद्यार्थीको मृत्यु

कावासोती, १२ माघ । नवलपरासीको गैँडाकोट–१५ स्थित झराही खोलामा पौडी खेल्ने क्रममा आज दिउँसो एकजना बिद्यार्थीको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, रजहरका अनुसार चितवन रत्ननगर–८ बस्ने २१ वर्षीय सञ्जीवराज चालिसेको मृत्यु भएको छ । पौडी खेल्दा बेहोस भएका उनलाई चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

उनले अक्सफोर्ड कलेज गैँडाकोटमा इन्जिनियरिङ् पढ्दै गरेको प्रहरीले जनाएको छ । पौडी खेल्न गएका उनका साथीहरुलाई प्रहरीले घटनाबारे सोधपुछ गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...