Tuesday, January 26, 2016

जनताको पक्षमा प्रभावकारी काम गर्न अध्यक्ष दाहालको निर्देशन

Prachanda1काठमाडौँ, १२ माघ । एकीकृत नेकपा (माओवादी)ले सरकारको पछिल्लो काम र मन्त्रीहरुको कार्यशैलीका बारेमा समीक्षा गरेको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समिति सदस्य र मन्त्रीहरुको संयुक्त बैठकले सरकारको काम कारबाही तथा प्रगतिका बारेमा समीक्षा गरेको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधनपछि तराई मधेसको अवस्था एवम् मधेसवादी दलको गतिविधि तथा नाकामा जारी अवरोधको विषयमा छलफल भएको बुझिएको छ ।

यस्तै पूर्व नेता डा बाबुराम भट्टराईको गतिविधिले पार्टी सङ्गठनमा पार्न सक्ने प्रभावलगायतमा पनि बैठकमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष दाहालले जनताले अनुभूति गर्ने गरी सरकारको काम कारबाहीलाई अगाडि बढाउन सरकारमा सहभागी मन्त्रीहरुलाई आग्रह गर्नुभयो ।

सरकार गठन भएको तीन महिना पुगिसक्दा पनि प्रभावकारी काम हुन नसकेको भन्दै उहाँले प्रत्येक मन्त्रालयले कम्तिमा पनि केही उल्लेखनीय काम गर्न आग्रह गर्नुभएको अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जानकारी दिनुभयो ।

उहाँले बैठक बुधबार बिहान पुनः बस्ने र समग्र विषयमा ठोस धारणा सार्वजनिक गर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...