Saturday, January 30, 2016

अमेरिकी राष्ट्रपति भवनको अबलोकन स्मृति पटलमा

IMG_6629

विश्वका भरका हरेक मानिसलाई जीवनमा एक पटक अमेरिका भ्रमण गर्ने रहर हुन्छ l अमेरिका भित्रिए पछि अमेरिकाका धेरै राज्य तथा शहर को भ्रमण गर्ने ईक्षा जाग्दछ l स्वाभाविक पनि हो l अमेरिकामा पाऊ टेके पछि एक पटक विश्व कै चर्चित शहरहरु न्युयोर्क ,लस एन्जेलस तथा वाशिंगटन डिसी को भ्रमण गर्न अधिकांस चाहन्छन l

अमेरिका जिन्दगिमा नजाने कसम खाने मानिस पनि होलान l अपबादको कुरै नगरौ l अमेरिकाका चिर शत्रु तथा कट्टर बिरोधिलाई अमेरिका भने पछि झनक्क रिस उठ्दो पनि हो l तर अमेरिकाको चुम्बकीय शक्तिको सामर्थ्य अनुमान गर्न सकिदैन l अमेरिका आए पछि न्युयोर्कको प्रतिमाको मुर्ति ,लस एन्जेलसको हलिवुडको युनिभर्सल स्टुडियो (शिल्पशाला) तथा वाशिंगटन डिसी को व्हाइट हाउस(सेतो घर) अधिकांसले भ्रमण गर्ने ईक्षा गर्दछन l

सबै भन्दा अझ अमेरिकाको राष्ट्रपति भवन अबलोकन गर्न मानिस लालयित हुन्छन् l सेतोघरको भ्रमण गर्ने साईत लामो समयको प्रतिक्षा पछि जुर्यो l र त्यो भाग्यशालीमा आफु पनि परे l अमेरीका आएको झन्डै एक दशक पछि तारतम्य मिल्यो l आज एउटा ऐतिहासिक दिन बन्यो l पाँच दाजुभाई र एटलांटाबाट केवल सेतो घर अबलोकनको लागि आउनु भएकी दिदि सहित अमेरिकाको रास्ट्रपति भवन साथमा हेर्ने रहर मेटियो l

IMG_1638

दुखत क्षण र बिस्मात पक्ष पंक्तिकारकि कान्छी दिदि को अभाव खड्कियो l अमेरिकाबाट छोरा छोरिलाई दुख नहोस भनि अस्थाई आवासीय पत्र (ग्रिनकार्ड) त्यागेर नेपाल लागेकी दिदि अत्यन्तै दुख साथ सदाको लागि हामीलाई छोडेर कहिले नफर्कने गरि जानु भएकोले मन कुडियो l तर दिदि भौतिक रुपले उपस्थित नभए पनि दिदि कै प्रतिनिधित्व जस्तै गरि छोराछोरी पनि भ्रमणमा साथ हुदा मन हल्का हुन् पुग्यो l

बाहिरबाट रास्ट्रपति भवन त्यस्तो सुन्दर देखिदैन l यो मेरो निजि भनाई हो l पुरानो भएकोले मर्मत र सम्भार निरन्तर चल्ने हुनाले नराम्रो चाही लाग्दैन l तर अमेरिका जस्तो राष्ट्रको राष्ट्रपति बस्ने घर अन्य देशको तुलनामा आफुलाई त्यस्तो अचाम्बित भने बाहिर बाट लाग्दैन l तर आज गरेको भ्रमणले रास्ट्रपति ओबामा बस्ने गृहले मनै लोभ्यायो l

IMG_6652

सर्बसाधारणले पनि भ्रमण गर्न पाउने व्यवस्था भएकोले मानिस हृदय देखि नै देखि प्रशन्न हुन्छन l एक पटक भ्रमण गरे पछि मनचिन्ते पुरा भएको जस्तो लाग्दछन l सेतो घरको दर्शन पाए पछि अब मृगतृष्णा मेटिएको छ l बाहिरि तडक भडकले दुनिया पिट्ने भएकोले सेतो घर बाहिर देख्ने बित्तिकै लोभ लाग्दैन तर जे छ भित्र रहेछ l एक पटक मिल्ने अवस्था भए जीवनमा भ्रमण गर्दा बैतरिणी तरे जस्तो नभए पनि गर्व लाग्ने हुन्छ l

IMG_6672

ऐतिहासिक वस्तु ,तस्बिर ,सजावटका अमुल्य चिजहरु र हरेक दिन संचार माध्यममा आई रहने कोठाका दृष्या अवलोकनले जो कसैको पनि मन प्रफुल्ल हुन् बाध्य हुन्छ l खुशीको सिमा रहेन l अमेरिका टेकेको एक दशक पछि त्यसरी सुनौलो अवसर पाईयो l बिज्ञानले दिएको चमत्कार र सामाजिक संजालको व्यापक प्रयोगको दबदबा रहेको अवस्थामा थरि थरिका बिभिन्न अवस्थमा छाया चित्र खिच्न रमाएर खिच्न पाउनुले एक प्रकारको आनन्दको अनुभूति भएको छ l

IMG_6627

गत बर्ष २०१५ देखि भित्र पनि तस्बिर खिच्न अनुमति गराउने अमेरिकी सरकारलाई कृतज्ञता सहित सलाम l सर्बसाधारणलाई यति भए पछि के चाहियो र ? अबलोकनकर्ता दंग ,हर्षित ,मुस्कान तथा अन्तरात्मा देखि नै एक प्रकारको चहक देखिन्थ्यो l

डिसी महानगर क्षेत्रमा बसोबास भएता पनि आखिर नजिक को तिर्थ हेला भने जस्तै साईत नै कहिले जुरेन l तर पुर्पुरोमा लेखेको छ भने त्यो कहिले मेटिदैन l यस्तै खप्पर मै लेखेर आएकोले होला शुभ मुर्हत निस्की व्हाइट हाउस भित्र पाऊ टेक्ने अवसर मिल्यो l मनमा अनेकौ कल्पनाका ज्वारभाटा उब्जिए l अमेरिकन ईतिहास सम्झन मन लाग्यो l बिश्व यहि सेतो घर बाट संचालित हुन्छ भन्ने सम्झदै यस्तो घर भित्र प्रवेश गर्न पाउनु नै पुर्पुरोमा लेखेको रहेछ भनि गद्गद् भै रहे l

IMG_6643

IMG_1680

—————————————-अस्तु

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...