रियाद (साउदी अरब), १९ पुस । साउदी अरबले विभिन्न आतङ्कवादी गतिविधिमा संलग्न भएको भन्दै शनिबार ४७ जनालाई फाँसीको सजाय सुनाएको छ ।
फाँसी दिइएकामध्ये साउदी अरबमा थुनामा रहेका अलकायदा लडाकू तथा एक इस्लामिक सिया समूहका नेता पनि रहेको बताइएको छ । उनीहरुलाई सरकारको विरुद्धमा प्रदर्शन गरी हिंसा भड्काउन खोजेको आरोपमा पक्राउ गरिएको थियो ।
सिया समूह आवद्ध इस्लामिक नेता निमर–अल–निभरको फाँसीको विषयलाई लिएर साउदीस्थित अल्पसङ्ख्यक सिया समुदाय तथा सरकारबीच तनाब बढ्ने आशङ्का गरिएको छ ।
यसैबीच अलकायदाका लडाकूलाई विभिन्न विस्फोटन तथा बन्दुक आक्रमणको आरोपमा नियन्त्रणमा लिइएको र उनीहरुलाई फाँसीको सजायलाई लिएर सन् २०१५ को डिसेम्बरमा अलकायदाले साउदी अरबमाथि बदला लिने जनाएको थियो ।
यमनमा रहेको उक्त अतिवादी समूहले यदि आफ्ना लडाकूलाई फाँसी दिइएमा अलकायदाले साउदी अरबको सेनासँग बदला लिने घोषणा गरेको थियो ।
यसैबीच साउदी अरबका उच्च धार्मिक नेता मुफ्ती सेख अबदुल्लाजिजले फाँसीको सजाय इस्लामिक कानुन अनुसार तथा मुलुकको सुरक्षाका लागि सुनाइएको बताएका छन् ।
फाँसीले साउदी अरबमा खराब गतिविधि हुन नदिन मुलुकमा भद्रगोल अवस्थामा जानबाट बचाउनका लागि उनीहरुविरद्धको सजाय जायज रहेको बताउनुभयो ।
No comments:
Post a Comment