नयाँ दिल्ली (भारत), १९ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मानवता विरोधी गतिविधि मौलाउन नसक्ने जनाउनुभएको छ ।
प्रधानमन्त्री मोदीले शनिबार साँझ ट्वीट गर्दै भन्नुभएको छ, पाठनकोटस्थित एमआईजी–२१–बिसन तथा एमआई–३५ हेलिकोप्टरको मुख्य हवाई अखडामा आक्रमण गर्न खोज्ने आतंककारीलाई भारतीय सुरक्षाकर्मीले पराजित गरेको बताउनुभएको हो ।
एक हतियारधारी समूहले शनिबार बिहानै पाठनकोटस्थित एमआईजी–२१–बिसन तथा एमआई–३५ हेलिकोप्टरको हवाई कार्यालयमा आक्रमण गर्न खोजेपछि चारजना को निधन भएको थियो ।
यो भारतीय सुरक्षाकर्मीको पाकिस्तानी सीमाबाट करीब ५० किलोमिटर टाढा रहेको वायु सेनाको कार्यालयमा शनिबार एक हतियारधारी समूहले गरेको आक्रमणको प्रतिबाद गर्ने क्रममा दुई वायुसेनाका कर्मचारी सहीत चार जनाको निधन भएको हो ।
चौधघण्टा लामो झडपपछि आक्रमणमा संलग्न पाँचैजना आतंककारीको मृत्यु भएको बताइएको छ ।
No comments:
Post a Comment