Thursday, January 7, 2016

मधेसवादी दललाई फकाउन कांग्रेस ल्यायो यस्तो प्रस्ताव, जनमोर्चाले विरोध गर्‍यो

Congress-768x576

विमल योगी काठमाडौं, २३ पुस । तराईमा आन्दोलनरत मधेसवादी दललाई फकाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ प्रस्ताव ल्याएको छ । कांग्रेसले औपचारिक रुपमै व्यवस्थापिका संसदमा पेस भएको संविधान संशोधन विधेयकमा मधेसीले राखेकै मागअनुसार परिमार्जन प्रस्ताव ल्याएको हो । उक्त प्रस्तावलाई विहीबार कांग्रेसका सांसदले संसद सचिवालयमा पेस गरेका छन् । उक्त प्रस्तावमा अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने, विगतका सहमति र अहिलेका मागका आधारमा समानुपातिक समावेशीता कायम गर्नुपर्ने माग राखिएको छ । जून माग पुरा गराउन मधेसवादी दलले चार महिनादेखि आन्दोलन गरिरहेका छन् । हाल संसद प्रस्तुत संशोधन विधेयक परिमार्जन गरी माथि उल्लेखित विषयलाई समेट्नुपर्ने प्रस्ताव कांग्रेसले संसद सचिवालयमा दर्ता गरेको कांग्रेस सभासद अमरेशकुमार सिंहले जानकारी दिनुभयो । कांग्रेसका तर्फबाट संसदमा चार विधेयक पेस गरिएका छन् । जसमा सांसदहरु विमलेन्द्र निधी, फरमुल्ला मन्सुर, मिनेन्द्र रिजाल र रोमी गौचनले अलग अलग प्रस्ताव पेस गरेका हुन् । संविधान संशोधन प्रस्तावमा परिमार्जन प्रस्ताव पेस गर्न तोकिएको समयभित्र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र मिना पुन, नेककिपाका प्रेम सुवाल, नेपाली जनता दलका हरिशरण शाह, रामकुमार राई र नेकपा सयुक्तका जयदेव जोशीले फरक फरक प्रस्ताव पेस गरेका छन् । जसमा जनमोर्चाले संशोधन विधेयकले पहाडी समुदायलाई विभेद गरेको भन्दै विरोध जनाएको छ । यसअघि कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी दलले संयुक्त रुपमा प्रस्ताव लैजाने भनेका छन् थिए तर, यो समाचार तयार पार्दासम्म एमाले, एमाओवादी र मधेसी मोर्चाले संशोधन विधेयकमा प्रस्ताव पेस गरेका छैनन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...