Tuesday, January 5, 2016

तीन करोड ३५ लाखको राहत वितरण

धुन्चे (रसुवा), २२ पुस । भूकम्पपीडितलाई जाडो मौसममा सहज वातावरण बनाउन रसुवाका चार गाविसका बासिन्दालाई राहत वितरण कार्य सम्पन्न गरिएको छ ।

नेपाल रेडक्रस जिल्ला शाखा रसुवाका सभापति बाबुलाल तमाङका अनुसार नेपाल सरकारले घोषणा गरेको रु १० हजार बराबरको न्यानो लुगा कार्यक्रमअन्तर्गत जिल्ला दैवी प्रकोप उद्धार समितिको स्वीकृतिमा यार्सा, भोर्ले, डाँडागाउँ र ठूलोगाउँ गाविसका गरी तीन हजार ३५२ जना भूकम्पपीडितलाई रेडक्रसका तर्फबाट रु तीन करोड ३५ लाख २० हजार वितरण कार्य सम्पन्न गरिएको हो ।

वितरण गरिएको गाविसमध्ये यार्सामा ९४२, भोर्ले एक हजार ४२२, डाँडागाउँ ६०१ र ठूलोगाउँमा ३८७ घरपरिवार रहेको बताइएको छ । जिल्लाका अन्य १४ गाविसमा वितरण गरिएको विवरण भने आउन बाँकी रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...