Tuesday, January 5, 2016

फोक्सिङटारमा अस्थायी बेलीब्रिज जडान

खोटाङ, २२ पुस । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलीब्रिज सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको दक्षिणी गाविस लिच्कीराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलीब्रिज मङ्गलबारबाट सञ्चालनमा ल्याइएको हो ।

सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र इन्द्रावति गरी पाँचवटा नदी मिसिएर बग्ने फोक्सिङटारमा बेलीब्रिज सञ्चालनमा आएपछि जिल्लावासीलाई तराईलगायत अन्य जिल्ला आवत–जावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।

सुनकोसी नदीमा पक्की पुल नबनेसम्म हिउँदभर सञ्चालन गर्ने र बर्खा लागेपछि झिक्ने गरी गत वर्षबाट अस्थायी बेलीब्रिज जडान गरिएको हो । पक्की पुल निर्माणका लागि ठेक्का लागिसकेको फोक्सिङटारमा अहिलेसम्म निर्माणको काम सुरु भएको छैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...