Wednesday, January 6, 2016

आयोडिनयुक्त नुनको बजारीकरणका लागि विद्यालय शिक्षा कार्यक्रम

बैतडी, २३ पुस । बैतडीमा आयोडिनयुक्त नुनको बजारीकरणका लागि विद्यालय शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

म्याक्सप्रो र जिल्ला स्वास्थ्य कार्यालयको पहलमा जिल्लाका निम्नमाध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई आयोडिनयुक्त नुनको महत्वका बारेमा जानकारी दिन थालिएको म्याक्सप्रोका कार्यक्रम संयोजक राजन पुडासैनीले बताउनुभयो ।

“ढिके नुनको प्रयोगबाट मानिसको शरीरलाई आवश्यक पर्ने आयोडिन नपाइने भएकाले आयोडिनयुक्त नुनको प्रयोगमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “६६ प्रतिशत नागरिकलाई आयोडिनयुक्त नुन हुन्छ भन्ने थाहा भए पनि प्रयोग नगरिरहेकाले सामाजिक बजारीकरण अभियान सुरु गरेका हाँै ।”

आयोडिनयुक्त नुनको महत्वका बारेमा विद्यालयका विद्यार्थीलाई जानकारी गराउन सके उनीहरुले आफ्ना अभिभावकलाई आयोडिनयुक्त दुई बालबालिकाको चिह्न भएको नुन प्रयोग गर्न प्रेरित गर्ने विश्वास लिइएको छ ।

जिल्लाभरिका ३० वटा विद्यालयमा यो अभियान सुरु गरिएको र अहिलेसम्म १५ वटा सचेतना कक्षा सम्पन्न गरिएको कार्यक्रम संयोजक पुडासैनीले बताउनुभयो । “कक्षामा आयोडिनयुक्त नुनको प्रयोगका बारेमा जानकारी दिनुका साथै आयोडिनयुक्त नुन र ढिके नुन कसमा आयोडिन छ भनेर प्रयोग गरेर देखाउने गरेका छौँ” उहाँले भन्नुभयो ।
आयोडिनयुक्त नुनको सामाजिक बजारीकरण अभियानपछि आयोडिनयुक्त नुनको प्रयोगकर्ताको सङ्ख्या ७१ प्रतिशत पु¥याउने लक्ष्य लिएको उहाँले बताउनुभयो । युनिसेफले करिब एक वर्ष अगाडि गरेको अध्ययनका क्रममा बैतडीमा अझै ५७ प्रतिशतले ढिके नुन प्रयोग गरिरहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...