Friday, January 8, 2016

पसलमा आगो लगाउने व्यक्ति पक्राउ

बैतडी, २५ पुस । बैतडीको कैलपाल गाविस–४ का कृष्णराज पाण्डेको पसलमा आगो लगाउने सोही ठाउँका विमलराज पाण्डेलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख प्रहरी निरीक्षक कृष्ण साउँदका अनुसार अनुसन्धानका क्रममा विमलराज पाण्डेले नै आगो लगाएको खुल्न आएकाले पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, “पक्राउ परेका पाण्डेमाथि अहिले थप अनुसन्धान गर्दैछौँ र त्यसपछि अदालतमा पेस गर्नेछौँ ।”

यही पुस १७ गते राति कृष्णराजको पसलमा आगो लगाउँदा रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...