Tuesday, January 26, 2016

जब उद्योगमन्त्रीले पाइपको ग्यास बाले…

Gas-Burningकाठमाडौं, माघ १३ । केही पत्रकार र मन्त्रालयका आफ्ना दलबलसहित मंगलबार अपरान्ह टेकुको पचली पुगेका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले जमीनमुनिबाट फुसफुसाइरहेको प्राकृतिक(मिथेन) ग्यास लाइटर बालेर सल्काउँदा ग्यास अभावले पीडित स्थानीय पनि केही आशावादी देखिए । नागरिक दैनिकमा समाचार छ।

‘कस्तो मजाले बल्दो रहेछ,’ हेर्नेको भिडबीच स्थानीयको खासखुस सुनिँदै थियो, ‘यस्तरी बल्ने ग्यास अहिलेसम्म खेर गइरहेको रहेछ।’  ग्यास आएको थाहा नपाएको तर वेलबाट आएको तातो पानीमा नुहाउने गरेको अनुभव पनि छ कतिपय स्थानीयको। ‘हामी त यो वेलबाट आउने तातो पानीमा नुहाउने लुगाधुने गथ्र्यौं,’ काठमाडौं–१२ टेकुका रामकुमार देउलाले भने, ‘ग्यास आउँछ रे भनेको सुनेको हो। कसरी अाउँछ थाहा थिएन।’

गत वैशाख १२ को भूकम्पले टेकुको जम्बुद्विप मार्गमा बन्द अवस्थामा रहेको खानी तथा भूगर्भ विभागको ग्यास वेल(कुवा) हल्लिँदा छेउछाउबाट मिथेन ग्यास लिकेज भइरहेको छ। त्यही ग्यासलाई संकलन गरी मन्त्री पाण्डेले बालेर देखाएका थिए। टेकु क्षेत्रमा रहेका ३ ओटा वेलबाट संकलन गरिएको ग्यास विभागले टेकु अस्पताललगायत सरकारी निकायहरुमा अन्डरग्राउण्ड पाइपलाइनमार्फत वितरण गर्दै आएको थियो। तर, अनेक राजनीतिक स्वार्थको चेपुवामा परेर २०५५ सालमा टेकु पचलीस्थित उक्त ग्यास च्याम्बर बन्द भएको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...