Tuesday, January 26, 2016

निकुञ्जले फरार अभियुक्तको खोजीलाई अझै तीव्र पार्ने

बर्दिया, १३ माघ । बर्दिया राष्ट्रिय निकुञ्जले चोरी–सिकार नियन्त्रण अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने भएको छ ।

निकुञ्जले नेपाल प्रहरी, प्रशासन, नेपाली सेना, जिल्ला वन, समुदाय र युवा समितिसँगको संयुक्त सहकार्यमा सो कार्यलाई अझ प्रभावकारी बनाउन लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिनुभयो ।

यसैबीच बर्दिया राष्ट्रिय निकुञ्जबाट गैँडा, हात्ती, बाघलगायत ठूला र अन्य ससाना जनावरको चोरी–सिकार गरी फरार अभियुक्तको खोजी कार्यलाई पनि तीव्र बनाइने निकुञ्जले जनाएको छ । निकुञ्जमा विभिन्न मुद्दा लागी फरार रहेका १५५ जनालाई तत्काल खोजी गरी
आवश्यक कारबाही गरिने संरक्षण अधिकृत थापाले बताउनुभयो ।

निकुञ्जमा विभिन्न मुद्दा लागेका २३६ मध्ये ८१ जनालाई निकुञ्जले पक्राउ गरी ऐननियमबमोजिम कारबाही गरिसकेको जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...