Thursday, January 7, 2016

प्रहरीको विद्यालयमा आक्रमण पचासको मृत्यु

लाइटन (लिबिया), २४ पुस । लिबियाको पश्चिमी सहर लाइटनमा रहेको एक प्रहरी विद्यालय (तालिम केन्द्र) मा बिहीबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको समाचार छ ।

यस राष्ट्रमा हालसम्म भएका आक्रमणहरूमध्ये आज भएको यो बम विस्फोट पनि एक भीषण आक्रमण भएको बताइएको छ ।

लिबिया राजधानी त्रिपोलीदेखि १७० किलोमिटर पूर्वमा रहेको तटीय सहर लाइटनमा प्रहरीको तालिम सञ्चालन गरिने सो विद्यालयमा पानी बोक्ने ट्याङ्करमा विस्फोटक पदार्थ राखेर आत्मघाती आक्रमणकारीले विस्फोटन गराएको सुरक्षा स्रोतले एएफपी समाचार समितिलाई बताएको छ ।

सो भीषण विस्फोटन गराइएको समयमा उक्त तालिम परिसरभित्र करिब ३ सय परीक्षार्थी रहेका प्रत्यक्षदर्शीहरूले एएफपी समाचार समितिलाई बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता अमार मोहम्मेद अमारले यस घटनामा ५० देखि ५५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी व्यक्ति घाइते भएका बताएका छन् ।

लाइटन अस्पतालका प्रवक्ता मोआमेर कादीले यस आक्रमणमा परेका कम्तीमा ४० व्यक्तिको शव प्राप्त भएको र अन्य ७० घाइते भने उपचारार्थ अस्पतालमा रहेका एएफपी समाचार समितिलाई बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...