Friday, January 8, 2016

दार्चुलामा हिमपात

Darchula_district_locationभीमदत्तनगर, २५ पुस । दार्चुलामा वर्षासँगै शुक्रबारदेखि उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ ।

उच्च हिमाली भेगका गाउँमा समेत शुक्रबारदेखि हिमपात भइरहेको स्थानीयवासीको भनाइ छ । अपी नगरपालिकासँग जोडिएको खार गाविसको दल्लेकमा समेत हिउँ जमेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँले खण्डेश्वरी, घुसा, राप्ला, सुन्सेरा, धौलाकोट, इयरकोट, सितोलालगायत जिल्लाका उत्तरी गाविसका उच्च भेगमा हिउँ जमेको सूचना आएको बताउनुभयो ।

वर्षा र हिउँसँगै सदरमुकामलगायत अन्य क्षेत्रमा चिसो बढेको छ । “मङ्सिरमा पनि हिमपात डाँडामा जम्ने गरेको थियो ।” स्थानीय कल्याणसिंह बोहराले भन्नुभयो– “अहिले त बस्तीमा समेत हिउँ प¥यो ।” मौसममा एक्कासि परिवर्तन आउँदा जनजीवन प्रभावित भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...