Monday, February 29, 2016

द्वन्द्वकालको घटनाको सम्झनाले सताइरहन्छ

नवलपरासी, १८ फागुन । नवलपरासीको सोमनी गाविस वडा नं ७ बरगदवा गाउँका स्थानीयवासीलाई अझै पनि द्वन्द्वकालको घटनाको सम्झनाले सताइरहन्छ ।

विसं २०६२ वैशाख २ गते एकैराति १२ जना सर्वसाधारणको हत्या भएको घटनाले अझै पनि यस गाउँका स्थानीयवासीले द्वन्द्वको प्रभावबाट मुक्ति पाउन सकेका छैनन् ।

सो गाउँमा २०६२ साल वैशाख २ गते तत्कालीन माओवादी कार्यकर्ताले तत्कालीन प्रतिकार समूहका सदस्यलाई आक्रमण गर्न खोज्दा दुई बालकसहित बरगदवा गाउँका १२ जना सर्वसाधारण मारिएका थिए ।

द्वन्द्वकालमा तत्कालीन माओवादी र प्रतिकार समूहको द्वन्द्वको नाममा बिनासित्ती १२ जना सर्वसाधारणले ज्यान गुमाएको घटना घटेको दिनलाई गाउँलेले कालो दिनका रुपमा स्मरण गर्न बाध्य छन् ।

बरगदवा गाउँका स्थानीयवासीले अहिलेसम्म पनि आफूहरु द्वन्द्वको प्रभावबाट बाहिर आउन नसकेको बताएका छन् । गाउँमा सहिद परिवार र द्वन्द्व प्रभावित परिवारले अझै पनि राज्य पक्षबाट पर्याप्त सेवा सुविधा पाउन नसकेको गुनासो गरेका छन् ।

बरगदवा गाउँका द्वन्द्व प्रभावित स्थानीय, सहिद परिवारले राज्यले द्वन्द्वपीडितलाई प्रभावकारी रुपमा सेवा सुविधा दिन नसकेको साथै आफूहरुको कुरा सुन्न राज्य तयार नभएको गुनासो गरेका हुन् ।

द्वन्द्व भएको लामो समय भइसक्दा पनि सो घटनापछि हालसम्म दुई घरपरिवार गाउँ फर्केका छैनन् भने घटना घटेको करिब एक वर्षसम्म गाउँ पूर्णरुपमा विस्थापित हुन पुगेको थियो । सो बरगदवा गाउँमा हाल करिब १५० घरधुरी छन् ।

पछिल्लो तथ्याङ्कअनुसार द्वन्द्वकालमा नवलपरासीमा २१७ जनाको मृत्यु, बेपत्ता २०, घाइते ७२ र ३४ जना विस्थापितको सङ्ख्या रहेको छ ।

एकता र विकासशील सोचले मात्र विकास: मन्त्री शर्मा

Rekha-Sharma-Minister-430x316तुलसीपुर (दाङ), १८ फागुन । सामान्य प्रशासनमन्त्री रेखा शर्माले एकता र विकासशील सोचले मात्र हरेक क्षेत्रको विकास हुन सक्ने बताउनुभएको छ ।

जिल्ला विकास समिति दाङको २४औँ जिल्ला परिषद्को सोमबार घोराहीमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सबैको एकताबाट नै विकासले गतिलिने बताउँदै योजनाको समयमा नै कार्यान्वयन गरी गुणस्तरमा ध्यान दिनसमेत सो अवसरमा आग्रह गर्नुभयो ।

दाङ जिल्ला धेरै सम्भावना बोकेको जिल्ला भएको बताउँदै सामान्य प्रशासनमन्त्री शर्माले देश सङ्घीय संरचनामा जाँदै गर्दा अब दाङलाई कसरी प्रादेशिक राजधानी बनाउने भन्ने विषयले चर्चा पाएको भन्दै उहाँले त्यसलाई नै आधार बनाएर योजनाको छनोट गर्नुपर्नेसमेत बताउनुभयो ।

मन्त्री शर्माले संविधान कार्यान्वयन गर्न र सङ्घीयतालाई संस्थागत गर्नका लागि दलीय एकता आवश्यक रहेको पनि बताउनुभयो ।

अहिले जनप्रतिनिधिहरु नभएको अवस्थामा सम्पूर्ण जिम्मेवारी कर्मचारीमा रहेको बताउँदै मन्त्री शर्माले जनतालाई छिटो, छरितो, निर्भिकताका साथ प्रभावकारी सेवा प्रवाह गर्न उपस्थित सम्पूर्ण कर्मचारीलाई सो अवसरमा निर्देशनसमेत दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद युवराज ज्ञवालीले जिल्ला परिषद्मा छनोट भएका योजनालाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभयो ।

बजेट खर्च नभएर फिर्ता जाने प्रवृत्ति अन्त्य गर्नेतर्फ सबै लाग्नुपर्ने उहाँको भनाइ थियो । त्यस अवसरमा स्थानीय विकास अधिकारी रमेश गौतमले आगामी आव ०७३/७४ का लागि रु सात अर्ब ४८ को ४१ लाख १७ हजार ४१० को बजेट सो अवसरमा प्रस्तुत गर्नुभएको थियो ।

जिविस परिषद् बैठक सम्पन्न

यसैबीच, दाङ जिल्लाको २४आँै जिल्ला परिषद्ले आगामी आव २०७३÷७४ का लागि दाङको कुल बजेट आय तथा व्यय गरेर रु सात अर्ब ४८ करोड ४१ लाख १७ हजार ४१० विनियोजन गरेर सम्पन्न भएको छ ।

सोमबार घोराहीमा भएको २४औँ जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी गौतमले सो रकमको बजेट प्रस्ताव गर्नुभएको थियो । यसमा सरकारी कार्यालयको रु छ अर्ब २६ करोड २६ लाख १२ हजार ८६२ र गैरसरकारी संस्थाको रु एक अर्ब २२ करोड १५ लाख चार हजार ५४८ खर्च गर्ने गरी उहाँले प्रस्ताव गर्नुभएको थियो ।

त्यसैगरी, जिविस दाङको मात्रै आगामी आवका लागि रु एक अर्ब २६ करोड ५६ लाख ६३ हजार विनियोजन गरिएको छ । यसमा चालु खर्चतर्फ रु ४१ करोड ३७ लाख ६० हजार र पुँजीगततर्फ रु ७७ करोड ६४ लाख ९२ हजार रहेको छ ।

कार्यक्रममा जिल्लाका सांसद, जिल्लास्तरीय विभिन्न दलका नेता सरकारी कार्यालयका प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतका वक्ताले आ–आफ्ना भनाइ राखेका थिए ।

त्यस अवसरमा बोल्ने वक्ताले बजेटको सही कार्यान्वयन र गुणस्तरीय कामका लागि निगरानी बढाउन आवश्यक रहेको बताएका थिए ।

सोही कार्यक्रममा ज्येष्ठ नागरिकसहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । ज्येष्ठ नागरिक विजौरी गाविस–६ निवासी १०१ वर्षीया बस्यौनी चौधरी र सिसहनिया–९ निवासी १०१ वर्षकै कटेसु चौधरीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी, जिल्लाको समग्र विकासमा पत्रकारिताका माध्ययमबाट पुर्‍याएको योगदानको मूल्याङ्न गर्दै पत्रकारहरु शरद रेग्मी, नरेन्द्र केसी, टीकाबहादुर बस्नेत र सुनिल पोख्रललाई पनि पुरस्कृत गरिएको थियो ।

एमालेको मधेसी भेला विराटनगरमा सम्पन्न

पथरी (मोरङ), १८ फागुन । नेकपा (एमाले) सम्बद्ध मधेसी कार्यकर्ताहरूको सङ्गठन ‘लोकतान्त्रिक मधेसी सङ्गठन’ मोरङको जिल्लास्तरीय भेला सोमबार साँझ विराटनगरमा सम्पन्न भएको छ ।

पार्टी कार्यालय पाञ्चालीमा भएको भेलाले यही फागुन २२ गते हुने पूर्वाञ्चलस्तरीय जनसभालाई भव्यरुपमा सम्पन्न गर्न जिल्लाव्यापी रुपमा कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको सङ्गठनका केन्द्रीय सदस्य एवम् मोरङ अध्यक्ष रामलाल साहले जानकारी दिनुभयो ।

सङ्गठनले पार्टीका हरेक कार्यक्रममा मधेसी समुदायको उपस्थितिलाई बृहद् बनाउन विराटनगर उपमहानगरपालिका, जिल्लास्थित नगरपालिका र सबै गाविसमा अगुवा कार्यकर्ता परिचालन गरी घरदैलो कार्यक्रम गर्ने निर्णय भेलाले गरेको अध्यक्ष साहले बताउनुभयो ।

“पार्टीको निर्देशनअनुसार घर घरमा पुगेर कार्यक्रममा उपस्थितिका लागि जनतासमक्ष अपिल र आह्वान गर्नेछौँ” – अध्यक्ष साहले भन्नुभयो ।

पार्टी केन्द्रीय सदस्य एवम् कोसी अञ्चल इन्चार्ज जीवन घिमिरेको प्रमुख आतिथ्यमा भएको भेलामा मोरङ अध्यक्ष महेश रेग्मी, जिल्ला कमिटी सदस्यहरू बद्री कामत, शुकदेव यादव, सैयद आलम, सन्तोष साह, जीतनारायण सरदारलगायतको उपस्थिति रहेको थियो ।

नयाँ संविधानको कार्यान्वयन र पार्टी कार्यक्रमहरूलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यका साथ सञ्चालित तीन महिने मधेस जागरण अभियानको समापनका अवसरमा फागुन २२ गते पूर्वाञ्चलस्तरीय जनसभाको आयोजना हुने भएको हो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, महासचिव इश्वर पोखरेललगायत केन्द्रीय नेताहरूले विराटनगरमा सम्बोधन गर्ने जनसभाको तयारी भइरहेको छ ।

मोरङ जिल्ला कमिटीको व्यवस्थापनमा हुने क्षेत्रीयस्तरको कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न नेता कार्यकर्ता, जनसङ्गठनलगायत शुभेच्छुक, शुभचिन्तकलाई सक्रियरुपमा परिचालन गर्ने पार्टी जिल्ला कमिटीको पूर्व निर्णयअनुसार नै भेला आयोजना गरिएको जनाइएको छ ।

जनसभामा मोरङबाट ६५ हजार र बाँकी अन्य जिल्लाबाट समेत गरी एक लाखभन्दा बढीको जनसहभागिता जुटाउने कार्यक्रमअन्तर्गत मधेसी समुदायको पनि कार्यक्रममा उत्साहजनक उपस्थिति रहोस् भन्ने ध्येयका साथ भेला गरी घरदैलोलगायत प्रचारप्रसारलाई व्यवस्थित गर्न खोजिएको पार्टी अध्यक्ष महेश रेग्मीले जानकारी दिनुभयो ।

चितवनका अस्पतालको डेडिकेटेड फिडर काटियो

चितवन, १८ फागुन । चितवनका निजी अस्पताल र मेडिकल कलेजमा जोडिएको डेडिकेटेड फिडर सोमबारदेखि काटिएको छ ।

यहाँका ११ निजी अस्पताल र दुई मेडिकल कलेजमा विद्युत्भार कटौती नहुने गरी डेडिकेटेड फिडरबाट विद्युत् जडान गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले सोमबार डेडिकेटेड फिडर काटेर सिटी फिडरबाट लाइन जोडिदिएको छ ।

वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले माथिको आदेशअनुसार नै डेडिकेटेड फिडर काटिएको बताउनुभयो ।

यता निजी अस्पताल समन्वय समिति चितवनका सचिव तथा नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक पुष्प धिताल भने पुनरावेदन अदालत हेटौँडाले सात दिनअघि अन्तरिम आदेश जारी गरी नकाट्ने भने पनि प्राधिकरणले काटेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “अदालतले सात दिनको म्याद दिएको थियो, सोमबार सात दिन पुगेपनि अदालतमा भएको छलफलपछि पुनः मुद्दाको किनारा नलागेसम्म विद्युत् नकाट्न आदेश दिएको छ । तर प्राधिकरणले किन काट्यो हामीलाई थाहा छैन ।”

इञ्जिनियर पौडेल भने अदालतको आदेश आधिकारिक रुपमा आफूकहाँ आइनपुगेको र माथिको आदेशअनुसार काटेको बताउनुहुन्छ । अदालतको आदेश आए केन्द्रमा समन्वय गरेर सोहीअनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।

अस्पतालले भने विद्युत् काटिएसँगै शल्यक्रियालगायतका काम अस्पतालले रोक्नुपर्ने अवस्था आएको बताएका छन् । सचिव धिताल १३ घन्टाको विद्युत्भार कटौतीमा मेडिकल उपकरण सञ्चालन गर्न नसकिने बताउँदै सेवा रोक्नुको विकल्प नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो –“ठूलो दुर्घटना भएमा त्यसको व्यवस्थापन गर्न मुस्किल हुने अवस्था सिर्जना भएको छ ।”

पानीले दुई करोडको इँटा नष्ट

दाङ, १८ फागुन । आइतबार बेलुका परेको पानीले दाङमा रु दुई करोड मूल्य बराबरको इँटा नष्ट भएको छ ।

दाङको घोराही, तुलसीपुर र विजौरीमा रहेका इँटा उद्योगमा ६० लाखवटा इँटामा पानीले असर गरेको दाङ देउखुरी इँटा उद्योग व्यवसायी सङ्घले जनाएको छ ।

ती इँटामा पानीले कामै नलाग्ने गरी असर गर्दा रु एक करोड ८० लाखको क्षति भएको सङ्घका कार्यालय प्रमुख भूपेन्द्र भुसालले जानकारी दिनुभयो ।

घोराही क्षेत्रका १० र बिजौरी क्षेत्रका चारवटा उद्योगमा पानीले इँटामा असर पु¥याएको उहाँले बताउनुभयो । काँचो इँटालाई प्रतिपिस रु तीन पर्ने गरेको छ ।

घोराहीमा ३५ लाख पिस र विजौरीमा २५ लाख पिस इँटा नष्ट भएको सङ्घले जनाएको छ । पोल्नका लागि तयार पारिएका इँटा कामै नलाग्ने भएको भुसालले जानकारी दिनुभयो ।

दिनदहाडै महिलाको रकम चोरी

दाङ, १८ फागुन । दाङको तुलसीपुरमा दिनदहाडै एकजना महिलाको रु एक लाख ५० हजार चोरी भएको छ ।

सोमबार दिउँसो तुलसीपुर–८ दुधेना निवासी लबरी चौधरीको उक्त रकम चोरी भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।

चौधरीले राष्ट्रिय वाणिज्य बैंकबाट उक्त रकम निकालेको र रकम निकासा गरी घरतर्फ फर्कने क्रममा बाटोमा धोतीमा लागेको फोहर पखाल्ने क्रममा उहाँको रकम चोरी भएको थियो ।

प्रहरीका अनुसार चौधरीले तुलसीपुर–५ बसपार्कको वधशालामा आफ्नो कपडामा लागेको फोहर पखाल्ने क्रममा पैसा राखेको ब्याग नजिकै राखेर कपडा सफा गर्ने क्रममा दुईजना सडक बालकले ब्याग चोरेर फरार भएका थिए ।

प्रहरीले रु एक लाख ५० हजार नगदसहित एउटा मोबाइल पनि रहेको झोला चोरेर भाग्ने ती बालकको खोजी जारी रहेको जानकारी दिएको छ ।

प्रेस चौतारी खोटाङ अध्यक्षमा आचार्य

खोटाङ, १८ फागुन । प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा पुनः हरिबोल आचार्य चयन हुनुभएको छ ।

गएराति सम्पन्न चौतारीको १०औँ साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मतिमा अध्यक्षमा चयन हुनुभएको हो ।

पन्ध्र सदस्यीय समिति रहेको चौतारीको उपाध्यक्षमा युवराज रोइला, सहसचिवमा शर्मिला राई र सचिवमा सुनिता मगर चयन हुनुभएको छ ।

समितिको बैठकले कोषाध्यक्षको चयन गर्ने चौतारीले जनाएको छ ।

अधिवेशन व्यवस्थापिका–संसद्का सदस्य विशाल भट्टराई तथा चौतारीका केन्द्रीय सदस्य इन्द्रप्रसाद आचार्यको विशेष आतिथ्यतामा सोमबार उद्घाटन भएको थियो ।

जलिरहेको चितामा हामफालेर एकको मृत्यु

chitaजाजरकोट, १८ फागुन । जिल्लाको थालारैकरमा सोमबार मसानघाटको सलोमा हामफाल्दा एकजनाको मृत्यु भएको छ ।

बलिरहेको आगोमा हामफालेका व्यक्तिको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । हामफालेर मृत्यु हुनेमा थालारैकर–८ का ६० वर्षीय मानबहादुर थापा रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

कालगतीले मरेका दिलवर खत्रीको लास जलाइरहेको अवस्थामा एक्कासि थापाले हामफालेको बताइएको छ । सती प्रथाको झल्को दिने गरी भएको यो घटनाले जिल्लावासीलाई अचम्भित बनाएको छ ।

दर्जनभन्दा बढी घरका छाउपडी भत्काइयो

Chhaupadi-300x168कञ्चनपुर, १८ फागुन । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–११ अमरपुरका बासिन्दाले बनाएका एक दर्जनभन्दा बढी छाउपडी गोठ सोमबार भत्काइएका छन् ।

वैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा आबद्ध महिलाले १३ वटा छाउपडी गोठ भत्काएका हुन् ।

छाउपडी प्रथा उन्मूलनका लागि सहकारीमा आबद्ध महिलाले योजनाबद्ध रुपमा छाउपडी गोठ भत्काउने कार्य थालिएको बताएका छन् ।

छाउपडी प्रथा हटाउन वर्षांैदेखि थालिएका प्रयास प्रभावकारी बन्न नसकेपछि यहाँका महिलाले योजनाबद्ध तरिकाले छाउपडी प्रथा हटाउनका लागि सचेतना फैलाउँदै गोठ भत्काउने अभियान थालेको सहकारीका अध्यक्ष द्वारीकादेवी कुँवरले बताउनुभयो ।

“अझै पनि गाउँका अधिकांश महिला महिनावारी भएका समयमा घरभन्दा टाढा रहेको गोठमा बस्ने गरेका कारण विभिन्न समस्या बल्झिने गरेकाले गोठ नै भत्काउने अभियान थालेका हौँ” – उहाँले भन्नुभयो ।

“छुट्टै गोठमा बस्दा बलात्कार हुने, सर्प, बिच्छीले डस्ने, खुट्टा खुम्च्याएर सुत्नुपर्नेलगायतका धेरै बेफाइदा हुँदा सहकारीमा आबद्ध सबैजना महिला एकबद्ध भएर अगाडि बढेका छौँ” – उहाँले भन्नुभयो ।

देवता रिसाउने गलत मान्यताका कारण आफूहरु रजस्वला भएका बेला गोठमा बस्नुपरेको बिन्द्रा कामीले बताउनुभयो । “सामाजिक गलत मान्यताका कारण स्वास्थ्य स्वयम्सेविकाले समेत रजस्वला भएका बेला घरभन्दा टाढाको गोठमा बस्नुपरेको छ” – उहाँले भन्नुभयो ।

“पुरातनवादी संस्कारले यसलाई आश्रय दिएको छ, छाउपडी गोठमा नबस्दा देवता रिसाउने, गाईभैँसीले दूध नदिने मान्यताको पछाडि सत्यता छैन”, समाजसेवी रनसिंह सुनारले भन्नुभयो – “सामाजिक सचेतना बढाएर यसलाई हटाउन सकिन्छ ।”

पाँचजना फरार प्रतिवादी पक्राउ

बनेपा, १८ फागुन । जिल्ला अदालत काभ्रेपलाञ्चोकले दोषी ठहर गरी फरार भएका पाँचजना प्रतिवादीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

उनीहरु २०६१ देखि २०७१ सालसम्मका अदालतबाट जरिवानादेखि एक महिनासम्मको कैद सजाय भएका छन् । पक्राउ पर्नेमा जिल्लाको नयाँ गाविस–६ निवासी ४६ वर्षीय रुद्रबहादुर बजगार्इं, पनौती नगरपालिका–१३ बस्ने सुमन लामा, पनौतीकै ५२ वर्षीय शालिकराम केसी, बनेपा–१० का विश्वराम प्रधान, उग्रतारा जनागाल गाविसका ३७ वर्षीय सन्तोष पोतेश्रेष्ठ रहेका छन् ।

पक्राउ परेकामध्ये बजगाईंलाई आगो लगाउने मुद्दामा तीन वर्ष १० महिना २९ दिन कैद, लामालाई बहुविवाह मुद्दामा ११ महिना आठ दिन कैद र रु पाँच हजार जरिवाना, केसीलाई ज्यानसम्बन्धी मुद्दामा पाँच महिना १४ दिन कैद, प्रधानलाई लागुऔषध मुद्दामा एक महिना कैद र रु दुई हजार जरिवाना र पोतेलाई जालसाजी मुद्दामा रु आठ हजार १२५ जरिवाना अदालतले दोषी ठहर गर्दै तोके पनि प्रतिवादीहरु फरार भएकाले विभिन्न स्थानबाट विभिन्न मितिमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

उहाँले उनीहरुसँगै आव २०७२÷७३ मा १४४ जना फरार प्रतिवादी अहिलेसम्म पक्राउ गरिएको बताउनुभयो ।

पहिचानको सङ्घर्ष सकिएको छैन: अध्यक्ष यादव

upendra-yadavपोखरा, १८ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा पहिचानको सङ्घर्ष जारी रहेको बताउनुभएको छ ।

पूर्व सैनिक तथा प्रहरी महासङ्घको सोमबार पोखरामा आयोजित प्रथम राष्ट्रिय भेलामा उहाँले लामो समयदेखि पिछडिएको वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनका लागि आफूहरूले सङ्घर्ष गर्नुपरेको बताउनुभयो ।

पहिचानको सङ्घर्षका क्रममा विभिन्न ३५/३६ चरणमा वार्ता भए पनि मधेसी, आदिवासी, जनजातिलगायतका पिछडिएका वर्ग र समुदायका मागलाई सम्बोधन गर्ने पक्षमा सरकार नरहेको उहाँले बताउनुभयो ।

भूतपूर्व सैनिक तथा प्रहरीले नेपाल एवम् विश्वको स्वतन्त्रताका खातिर महत्वपूर्ण योगदान गरेपनि उनीहरूको उचित कदर हुन नसकेको अध्यक्ष यादवले बताउनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले देश आफ्नो भएपनि राज्य आफ्नो हुन नसकेको नेपालका आदिवासी जनजाति तथा पिछडिएको वर्गको गुनासो रहेको उल्लेख गर्नुभयो ।

समानता र न्याय प्राप्तिको सङ्घर्षका लागि आफूहरू निरन्तर लाग्ने र प्रत्येक जातजाति भाषाभाषीको गौरवपूर्ण इतिहासलाई उचो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पहिचानका लागि सङ्घर्षरत आदिवासी जनजातिहरू राजकीय सत्ता र शासनमा आफ्ना हक अधिकारलाई सुनिश्चित गर्न क्रियाशील बनेको धारणा राख्नुभयो ।

भूतपूर्व सैनिक तथा प्रहरी महासङ्घका इन्चार्ज लक्ष्मीनारायण खत्रीले भूतपूर्व सैनिक र प्रहरीका अधिकारलाई सुनिश्चित गर्न महासङ्घ क्रियाशील बन्ने बताउनुभयो ।

कार्यक्रममा गोर्खाली वीरहरूको इतिहास झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

खै के रहेछ जिन्दगि ?

asha

अमेरिकामा नेपाली संस्कृती-संरक्षण (“बच्चा” को अन्न-प्रसान्न / पास्नी)

बाल्टिमोरका समाजसेवी अमर छन्त्याललाई “पितृ-शोक”

DSC03351
अमेरिकाको नेपाली शहरको नामले चिनिने बाल्टिमोरका  सफल नेपाली ब्यबसायी तथा समाजसेवी अमर छन्त्यालको पुज्यनीय बुबाको नेपालमा निधन भएको छ l म्याग्दी जिल्लामा पर्ने धौलागिरी हिमाल मुनी रहेको गुर्जा गाउँमा जन्मेर अमेरिकाको बाल्टिमोर शहरको सबैभन्दा ठुलो नेपाली रेस्टुरेन्ट Mt. Everest Restaurant संचालन गरेर एक सफल ब्यबसायी बन्न सफल भएका अमर छन्त्याललाई  बुबाको दु:खद निधनले परेको चोटमा – डिसीनेपाल डट० कम० र ईनेप्लिज डट० कम० को तर्फबाट दिबंगत बुबाको मृतात्माको चिर शान्तीको कामना गर्दछौं
(सम्पादक, ईनेप्लिज डट० कम० परिवार)
समबेदना भिडियो:

अमेरिकन पर्यटकलाई लोभ्याउन आकर्षित पैदल यात्रा कार्यक्रम

AnnapurnaCircuit-2

एक प्रतिसत मात्र अमेरिकन पर्यटकलाई नेपाल भित्र्याउन सकियो भने नेपाललाई ठुलो सहयोग हुन्छ भन्दै अमेरिका भएका सबै नेपालीले नेपालको प्रबर्धन गर्नु पर्छ आफुलाई लागेको थापाले बताए l

अमेरिकन पर्यटकलाई लोभ्याउन आकर्षित पैदल यात्रा कार्यक्रम

AnnapurnaCircuit-1

गत केहि समय अगाडी बेलायतको ट्राभल रफ गाइडले सन् २०१६ विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गर्दै नेपाललाई पहिलो स्थानमा राखेपछि अहिले नेशनल जियोग्राफी, फोब्र्स, हफिङ्टन पोष्ट तथा अन्य संचार माध्यमले नेपालको प्रचार प्रसारमा लागेको देखिएको छ l

यसैलाई मध्ये नजर गर्दै अमेरिका तथा नेपालमा आफ्नो ब्यबसाय संचालन गर्दै आएको नेपास हेरिटेज ट्राभल एण्ड टुर्सले अमेरिकन पर्यटकहरुलाई आकर्षित कार्यक्रम लिएर आउने भएको छ l

बिशेष त अमेरिकन पर्यटकलाई लोभ्याउन नेपास हेरिटेज ट्राभल एण्ड टुर्सले अन्नपूर्ण आधार शिविर पैदल यात्रा कार्यक्रमको तय गरेको छ l उक्त ट्राभल्सका संचालक सबिन्द्र थापाले नेपाल भूकम्पले तहस नहस भएको अवस्था छ l थापाले अगाडी भने पुनर्निर्माणको काम पनि भै रहेकोले अमेरिकन पर्यटकलाई बिशेष जोड र मध्य नजर गर्दै दुई हप्ते अन्नपूर्ण आधार शिविर पैदल यात्रा कार्यक्रम ल्याएका छौ भने l

Sabin

उक्त स्थानमा पुग्न सम्पूर्ण बिवरण पहिलो दिन देखि अन्तिम दिन सम्मको बारेमा करिब दुई हप्ते पैदल यात्रा कार्यक्रम ल्याउन लागेको छ l मुलत नेपालको पर्यटनलाई प्रबर्धन गर्ने उदेश्यले यो पैदल यात्रा कार्यक्रम तय गरिएको थापाले बताए l उक्त १४ दिने पैदल यात्रा कार्यक्रम अन्तर्गत पहिलो दिन काठमाडौँ अवतरण गर्ने दोश्रो दिन पोखरा सम्म गाडीमा गएर तेश्रो दिन पोखरा बाट धाम्पस फेदी बाट पोतानामा बास गरिने गरिने छ l

र चौथो दिन देखि दैनिक ५- ६ घण्टाको पैदल यात्रा गर्ने लक्ष्य सहित सातौ दिनमा अन्नपूर्ण आधार शिविर पुग्ने बताएका छन् l आठौ दिनमा फर्कदै बिभिन्न हिमालयको अवलोकन गर्दै रमणीय स्थल तथा प्रख्यात घान्द्रुकमा बास गर्दै १२ दिनमा काठमाडौँ आउने तालिका बनाईएको छ l

AnnapurnaCircuit-8

१४ औ दिनमा नगरकोट बाट विमानस्थल सम्म पर्यटकलाई छोड्ने कार्यक्रम रहेको छ l यसको साथै लुम्बिनी को भ्रमण समेत गर्न चाहना राखे १ -२ दिन थप गरिने समेत थापाले जानकारी गराएका छन् lएक प्रतिसत मात्र अमेरिकन पर्यटकलाई नेपाल भित्र्याउन सकियो भने नेपाललाई ठुलो सहयोग हुन्छ भन्दै अमेरिका भएका सबै नेपालीले नेपालको प्रबर्धन गर्नु पर्छ आफुलाई लागेको थापाले बताए l

ANI CHOYING LIVE IN CONCERT IN WASHINGTON DC

ANI poster DC

पार्टी सभापति हुदैमा सुनको भात खान मिल्दैन कुनै अमरत्व प्राप्त हुदैन !

dev khanal

१३ औ महाधिबेशन कांग्रेस पार्टी भित्र रडाको कांग्रेस पार्टीमा संकट l आपसमा सहमति खोज्न नसक्ने पदीय लोभमा लम्पसार पर्ने प्रवृति देख्दा मनमा दुख लागेको छ l नेपाली कांग्रेसको ६८ बर्षको इतिहास साछी छ l जसले राणासाशन, एक तन्त्रिय साशन पंचायत ब्यबस्था हटाउन सफलता प्राप्त गरि देशमा जनता बाट, जनताका लागि गरिने बहुदलीय व्यस्था हुदै संघिय गणतन्त्र सम्म आइपुग्दा कोइराला परिबारको अहम भूमिका स्मरण गराउन चाहन्छु l

पार्टीमा आज जुन खराब प्रवृति देखापरेको छ हिजो पनि सोहि अनुसारको चरित्र रहेको भए सायद नेपाली जनताले आजको संघिय गणतान्त्रिक नेपालको अनुभूति गर्न पाउने अवस्था रहने थिएँन l आज कांग्रेस पार्टीलाई मागी खाने भाडोको रुपमा प्रयोग गरिएको हुदा आजको परिस्थति खडा भएको छ l पार्टीको आडमा गरिने भ्रस्टाचारबाट देश डुब्न लागेको अवस्थामा पुगेको छ यसको पछाडी कारक तत्व नेतामा असक्षमता नै मूल कारक बनेको छ l

आफुलाई स्थापित गर्नका लागि जुनसुकै हर्कत गर्ने प्रवृतिले पार्टीमा बिकृति फैलिएको छ ! कांग्रेसमा इमान्दार कार्यकर्ता कुरा सुन्नका लागि गाउ जानु पर्ने परिस्थिति सिर्जना भएको छ ! दम्भ, पैसाका भरमा कांग्रेसको खोल ओडी गाउ , सहर, जिल्ला , हुदै केन्द्रीय स्तर सम्म पुगेका छन् जसले नेताहरु समेत लाई खरिद गरि आफनो अनुकुलको नेताको चयन गर्दै सक्तिको आडमा भ्रस्टाचार, कालाबजारी , ठुला ठुला ठेक्का पट्टा हात लिएका थुप्रै प्रमाण हरु देखा परेका छन् l

नेपाली कांग्रेस पार्टीमा परिबर्तनको खाचो टड्कारो रुपममा छ यो सबै कार्यकर्ता देखि नेताहरु लाई थाहा छ ! रामचन्द्र पौडेल र सेर बहादुर देउवाले पार्टीका कार्यकर्ता देखि समान स्थरका नेताबाट विश्वास गुमाई सकेका छन् जसले भोलिको दिनमा पार्टीलाई गति दिन सक्दैनन् ! यहाँ पार्टीलाई सक्रिय होइन आफ्नो इतिहास कसरि रच्ने भन्ने भागबन्डाको खेलमा लागेका छन् l बेला बिते पछि परिबर्तन खोजि गर्दा सम्भब छैन l

१३ महाधिबेशन लाई अवसरको रुपमा सदुपयोग गर्न सकियो भने मात्र पार्टी र कार्यकर्ताले परिबर्तनको अनुभूति गर्ने छन् र जनतामा नया उर्जा प्राप्त हुनेछ ! भोलिको संसदीय निर्बाचन , संघिय पर्न्तिय निर्बाचन, नगर गाउ निर्बाचनमा जनताको विश्वास प्राप्त हुनेछ l रामचन्द्र पौडेल ६० को उमेद्वार देउवा ४० को भएर सभापतिमा चुनाब लड्नुको औचित्य छैन यसले ६०, ४० को अन्त्य हुन्छ भनेर कलपना गर्नु बेकार हुन्छ l रामचन्द्र पौडेल,सेर बहादुर देउवा हाम्रा आदरणीय नेता हुन् यो कुरामा संका छैन l

यहाँ कुरा के छ भने पार्टीलाई जिबन्त दिनलाई नेताले त्याग गर्न सक्नु पर्यो l मलाई लाग्छ नेपाली कांग्रेसमा सबै नेताको हैसियत बराबरी हुने परम्परा टुटेको छैन सबै अग्रजहरुलाई सम्मनको रुपमा राखिएको छ l पार्टी सभापति हुदैमा सुनको भात खान मिल्दैन कुनै अमरत्व प्राप्त हुदैन l नया युगमा प्रबेश गरु नया नेपाल बनाउने चाहना राखौ l अमेरिकाको डेमोक्रेटिक राजनैतिक पृष्ट भूमिमा क्लिन्टन परिवार लाई उछिन्दै युबा नेता बरक ओबामा जनताका विश्वास प्राप्त बने जसले बिग्रिएको अमेरिकन अर्थतन्त्रलाई आफनो पहिलो कार्यकाल परिबर्तनको रुपरेखा प्रस्तुत गरे भने दोस्रो कार्यकालमा अमेरिकालाई सही ट्राकमा ल्याउन सफल राजनैतिक नेताको रुपमा बिदा हुदै छन् यो कुरालाई नेपाली कांग्रेस पार्टीले मनन गर्ने सहि मौका आएको छ l

१३ महाधिबेशन बाट पनि गणितीय भाग बन्डाका आधारमा सभापतिको चयन हुनु लाई नेपाली कांग्रेस पार्टीलाई धरासाही दुर्भाग्य हुने छ ! सबैको साझा उम्मेदवारको पहिचान गरौ कांग्रेस पार्टीलाई नेपालको नबर एक पार्टीको रुपमा स्थापित गरौ !!

जय नेपाल !!

​पथरी स्पोटीङ क्लबलाई हराउदै रुपन्देही–११ फाईनलमा

1

पथरी फागुन १७
केबिआरयु कन्दङवा गोल्डकप रुपन्देही र एपिएफ फाईनलमा,बुधबार फाईनल भिडन्त बेलबारी फागुन १७ । सगरमाथा युथ क्लब कोसी हरैचाको आयोजनामा प्रस्तावित इन्द्रपुर खेल मैदानमा सोमबार सम्पन्न अन्तिम सेमिफाइनल रुपन्देही–११ ले मोरङपथरी –११ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

2रुपेन्देहीले बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लब काठमाण्डौसँग फाइनल खेल्ने छ । रुपन्देहीले मोरङलाई ३–० को गोल अन्तरले पराजित गरेको छ ।

3 खेल सुुरु भएको ४६ औ मिनेटमा रुपन्देहीका भिक्टोरको पासलाई सदुपयोग गर्दै सेगौनले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । ५८ औ मिनेटमा रुपन्देहीको भिक्टोर वान भर्सेस वानमा किपरलाई विट गर्दै गोल गरी टिमलाई थप गोल संख्यामा अघि बढाए ।

6 ६१ औं रुपन्देहीका शिव श्रेष्ठको क्रसपासलाई भिक्टोरले पुनः गोल गरी खेललाई नियन्त्रणमा लिएका थिए । खेलको पहिलो हाफमा मोरङले आफनो पक्षमा पारेपनि गोलका आधा दर्जन अवसर चुकाउँदा हार व्यवहोर्नु प¥यो ।

7खेलको ७ औ मिनेटमा मोरङका सुमन श्रेष्ठले दिएको पासमा कर्ण लिम्बू गर्न चुके । ९ मिनेटमा रुपन्देहीका शिव श्रेष्ठले दिएको पासलाई सेगौनले गरेको प्रहार पोलमाथि लाग्दै बाहिरीयो ।

8२४ औ मिनेटमा मोरङका विजय धिमालले दिएको पासमा सुमन लामाले गरेको प्रहार पोलमा लाग्दै रिवाउण्ड भएको थियो । ५७ औ मिनेटमा मोरङका कर्ण लिम्बूले दिएको पासमा सुमन लामा गोल गर्न चुक्यो । मोरङबाट झापाका देवेन्द्र तामाङ, योगेश गुरुङ, बुद्धराज चेम्जोङ र कर्ण लिम्बू खेलेका थिएभने रुपन्देहीबाट झापाका कप्तान नरेन्द्रमणी लिम्बू, गणेश खड्का र दिलन मोक्तान खेलेका थिए ।

9 मध्यान्तर अघि फितलो प्रर्दशन गरेको रुपन्देहीले मध्यान्तरपछि आमध्यान्तरपछि आफनो खेलमा केही रणनितीक परिवर्तन गर्दै मोरङलाई पुरै समयमा दवाबमा राख्दै खेल आफनो नियन्त्रणमा राख्न सफल भयो । खेलको म्यान अफ द म्याच रुपन्देहीका पिटर घोषित भए । मोरङका प्रशिक्षक संजिव बुढाथोकिले भने पाएको अवसर सदुपयोग नगर्दा पराजित भएको बताए । रुपन्देहीका प्रशिक्षक दयाराम सापकोटाले भने दोस्रो हाफमा मेरो निर्देशन अनुसार अफ्रिकन खेलाडीले खेलेका कारणले खेल हामीले जितेका हौं ।

10

नेजा आसन्न पाँचौं अधिवेशनको तयारीमा बारे अध्यक्ष गौतम दाहाल के भन्नुहुन्छ

बेलायत पत्रकार महासंघको अध्यक्षमा खपाङ्गी निर्विरोध निर्वाचित ।

image

लण्डन फाल्गुन १७ । बेलायत पत्रकार महासंघको अध्यक्षमा नरेश खपाङ्गी निर्विरोध निर्वाचित भएका छन्। बेलायत शाखा अध्यक्षमा पत्रकार जानुका राई र विमला सेनेले उम्मेदवारी फिर्ता लिएपछि खपांगीमगर निर्विरोध निर्वाचित भएका हुन्।

image (3)

यसअघि पत्रकार राई, सेने र खपाङ्गीको उम्मेदवारी परेको थियो। राई र सेनेले पछि संघको एकताका लागि भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।नेपाल पत्रकार महासंघ बेलायत शाखाको तेस्रो अधिवेसनको लागि लण्डनस्थित ब्लु अर्किड रेष्टुरेन्टमा आइतबार बिहान ११ बजे उम्मेदवारीको दर्ता प्रक्रिया शुरु गरिएको थियो ।

image (2)

निर्वाचन समिति संयोजक लण्डनबाट प्रसारण हुने नेपाली टेलिभिजनका प्रबन्धक विजय थापा, बिबिसी नेपाली सेवाका संवाददाता भगीरथ योगी र बेलायत पत्रकार महासंघ शाखाकाे पूर्व अध्यक्ष तथा निबर्तमान सल्लाकार नवीन पोखरेल, कृष्ण भट्ट , सुरेशजंग शाह र कानुनी सल्लाहकार राजु थापा रहेका छन् ।नेपाल पत्रकार महासंघ महासचिव उजिग मगर सहभागी रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्षमा धर्मराज अधिकारी र श्याम लुईंटेल, उपाध्यक्षमा मिलन शर्मा र ध्रुवराज अर्याल, महासचिवमा लिलामान शेरपुन्जा र नारायण पौडेल ( गाउँले )बिच बेलुकी ६ बजे सम्म पनि सर्वसम्मत हुन नसके पछि निर्वाचन हुने भएको छ ।

image (1)

निर्वाचन समितिले जनाएअनुसार, कोषाध्यक्षमा पूर्ण गुरुङ, सहकोषाध्यक्ष रोशन राई, सचिब शिव भण्डारी र सदस्यहरुमा नरेन्द्र बस्नेत, सुजन पराजुली,भावना परिष्कृत र नृपेश उप्रेतीको मात्र उम्मेदवारी परेकाले उनीहरु पनि निर्विरोध भएका छन् ।

शाखाको अधिवेशन आगामी ६ मार्च आइतबार हुन लागेको निर्वाचनका लागि केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, उपाध्यक्ष अनिता विन्दु, कोषाध्यक्ष सूर्यमणि गौतम, सन्चार मन्त्रीका सल्लाहकार मात्रिका पौडेल समेत सहभागी हुने जानकारी प्राप्त भएको छ ।

कथा-भासिएको आकास

88a2d325-f6aa-4d2a-ba9d-4ee1b38ec1ea

दुई चार दिन भो मन स्थिर छैन राहुलको। तारा एयरको बिमान दुर्घटना भएर तेईस जनाको एकै पटक देहावसान हुँदाको क्षण कति पीडादायक भए होला? पिडाले कति प्रताड़ित भए होलान यात्रुहरु। मृत्युले तेईस जनालाई एकैपटक जनाउ घन्टी दिदा ती फक्रिनै नपाएका कोपिलाहरु कसो गरे होलान? मनमा यस्तै यस्तै परिदृश्य हरुले उपस्थिति जनाईरहेका थिए उसको मनमा।
राहुलको पनि जागिरै त्यस्तै सधैजसो हावामा उडिरहनुपर्ने, आफू संगसंगै यात्रुहरुको ज्यानको नैतिक जिम्मेवारी हुने, फेरि त्यसमाथि घरपरिवारको निरन्तर चासोको बिषय चाहिं उसकै ज़ागिर बन्नुपर्ने! नबनोस पनि त कसरी! चरी भन्दा पनि हलुका गरि हावामा उड्नु र उडाउनु कम्ति चुनौतीपूर्ण कहाँ हो र ?
हुनत हरेक काम चुनौतीपूर्ण छन, एक दिन अवष्य मर्नुपर्छ,त्यसैले देशको लागि केहि गर्नुपर्छ भन्ने भावले जहिले पनि उर्जा दिईरह्यो राहुललाई।
कम अन राहुल, यू अलवेज थिंक अबाउट दि कन्ट्री। थिंक अबाउट योर बेटर लाईफ टू! लाईफ़ ईज ब्युटिफुल।मैले जहिले पनि उसको भावनात्मक मनलाई डाईभर्ट गरि बिषयवस्तु मोड्ने प्रयास गर्थेँ।
यसपाली बैशाख सम्ममा त म पनि रितुलाई आफ्नो बनाउछु। कति चिन्ता गर्छस यार मेरो ? नियमित जसो यीनै शब्दले जवाफ फर्काउँथ्यो मलाई, अनि मुसुक्क हाँसिदिन्थ्यो।
राहुलकी प्रेमिका रितु साँच्चै नै बशन्त ऋतु जस्तै कोमल, सुन्दर र शालीन थिईन। पहिलो पल्ट उसले जोमसोम उडानको क्रममा भेटेको थियो उनलाई। एउटा अन्तर्राष्ट्रिय ग़ैरसरकारी संस्थाको अधिकृत स्तरको ज़ागिर छ उनको । साँच्चै भन्नुपर्दा राहुलको भन्दा बढि कमाई छ उनको। तर कति सरल, कति नरम र कति समझदार। त्यसैले त राहुलले उनलाई मन परायो। एउटा घनिष्ठ मित्रको रोजाईलाई मैले पनि सम्मान गर्थेँ, राहुलले मलाई पनि परिचय गराएको थियो रितु संग। घरमा बिहे गर्ने प्रेसर पनि छ । यसपाली त दुलही बनाउछु म रितुलाई भन्दै थियो राहुल हिजो पनि।
हेलो म्यान ! ह्वेयर आर यु लष्ट? आर यु विद मि? मैले झपार्दा उ झसंग भएको मलाई याद छ। साँच्चै नै उ त हराएको रहेछ आफ्नो रितुमा, उसको ढोकैमा आईपुगेको रंगिन दुनियाँमा।
आज पहिलोपटक मेरै साथीले उडाएको जहाजमा जुम्ला जाँदै थिएँ म काम बिशेषले।मध्यान्हको १२:३५ मा जुम्लाको लागि प्रस्थान गर्नुपर्ने, मौसम त्यति अनुकुल पनि थिएन तर सबै तयारी भैसकेकोले उड़ान भर्ने निश्चित भो । राहुल र रोसन दुई जना चालक दल र हामी यात्रुहरु ९ जना गरी ११ जना उड़्ने तयारी गर्यौ।
नियमित जसो आकासमा उडिरहिन्थ्यो, त्यसैले कुनै त्यस्तो डर त लागेन, मलाई त अचम्मको अनुभूति भईरहेको थियो, गर्वले छाती प्रफुल्ल थियो , अाफ्नै साथी पाईलट अनि उसले उडाएको जहाजमा सरर । तर कतिपय यात्रुहरु डरले रातों पिरो देखिन्थे। सिट बेल्ट बाँध्ने आग्रह र उडानको सामान्य जानकारी पछि हामीहरु बिस्तारै जमिन छोड्यौं। तर अरु बेला जस्तो उ पटक्कै खुशी थिएन आज,त्यसैले रितुलाई फोन लगायो उड्नु पहिले। उनी काम बिशेषले काठमांडौ गएकी रहेछिन।
फागुनको पारिलो घाम, हल्का तुवालो र बादलको मौसम थियो, नेपालगंज शहर मनोरम देखिन्थ्यो। बिस्तारै उत्तरतर्फ हावामा हुईकियौं हामी।
जुम्ला पुग्न धेरै समय थिएन, यात्रुहरु झ्यालबाट मनोरम दृष्य हेरिरहेका थिए। अकस्मात ईन्जिनमा समस्या आयो।
”जहाजको ईन्जिनमा समस्या आयो, अब जुम्ला पुग्न सकिदैन, तपाईहरु नआत्तिनोस है, हामी मरेरै भएपनि तपाईहरुलाई बचाउँछौ।”राहुलले निरन्तर सान्त्वना दिईरह्यो। सिंगल ईन्जिन, प्रतिकुल मौसम, टावरसंगको संबन्धबिच्छेद र भौगोलिक बिकटताले एकाएक सबैको आँखामा आँधिहुरी चल्यो। तर उनीहरुले हामी यात्रुहरुलाई सान्त्वना दिईरहेका थिए, हामी सबैको ज्यान उनीहरुकै हत्केलामा थियो। हामी सबै यात्रुहरुमा रुवाबासी चल्यो,कोहि भगवानको नाम त कोहि बाबुआमा र छोराछोरीको नाम पुकार्दै हामीलाई बचाउनुस हामीलाई बचाउनुस गर्दैथिए। अब बाँच्ने र बचाउने आशा झिनो मात्र थियो। सारा भगवानहरुलाई संझेर म पनि आँखा चिम्लिरहेँ।
यात्रुहरु रोईरहेका थिए, चिच्याईरहेका थिए, सबैले बाँच्ने आशा मारिसकेका थिए। यस्तो कठिन घडीमा केहि सांन्त्वना र सहानुभूतिका कुरा त भन्नै पर्थ्यो, मलाई मेरो साथीले बचाउछ भन्ने सोह्रैआना बिश्वाश थियो,त्यसैले मैले पनि बिश्वासका साथ भनेँ: नआत्तिनोस केहि हुदैन।
तपाईंहरु नआत्तिनुस हामी मरेरै भएपनि तपाईहरुलाई बचाउने छौँ। प्लिज धैर्य गर्नुस, उनीहरु लगातार सांन्त्वना दिईरहे,तर बाँच्ने आश त कहाँ पो थियो र?
ईन्जिनमा देखिएको गम्भीर समस्याको एउटै मात्र उपाय सेफ़ ल्यान्डिंग थियो, तर त्यो बिकट ठाउँमा कतै ल्यान्डिंग गर्ने उपाय थिएन तर शास रहुन्जेल आस रहनेरहेछ, सुरक्षित अवतरणका हजारौं प्रयासहरु गरिरहेका थिए उनीहरुले तर अझै कुनै भनेजस्तो ठाउँ भेटिएको थिएन।
मन हारेकै थिएन, त्यसैले लगातार प्रयास जारी गरे उनीहरुले। उनीहरुकै आशा र भरोसामा जीवनको भीख मागिरहेका हामी यात्रुहरुलाई आफू मरेरै भए पनि बचाउनु आफ्नो पेशाको धर्म हो भन्ने राहुलको विचार कति महान रहेछ भन्ने मैले बल्ल बुझेँ।
चित्कार जारी थियो, त्यो चित्कार त उनीहरुमा पनि अवष्य थियो होला तर यात्रुहरुको अभिभावक भएकोमा चिच्याउनु भन्दा बाँच्न सक्ने आधार चियाउनु थियो, त्यही प्रयासमा निरन्तर लागिरहे उनीहरु।
अन्तत: जीवन बाँच्न पाईने मोडमा हामी आईपुग्यौ, बाँच्ने झिनो आधार देखियो,बिकट पहाडको एउटा गहूँबारीमा आकष्मिक ल्यान्डिंग गर्ने निधो गरे उनीहरुले। हामीलाई निरन्तर सहानुभूति दिदै। मनमनै मेरो साथीलाई धन्यवाद दिईरहेँ मैले अनि भगवानलाई पनि।
अन्तत: चील घुमेझै फनफनी घुमेपछि जमीनमा घिसारेर जहाज़ बिसाउन सफल भए। तर नजिकैको कान्लामा जहाज नराम्रो संग ठोक्कियो, अगाडिको भाग भाँच्चिएर रोशन र राहुल दुबैको ज्यानमाथि खनियो, म अचेत जस्तै थिएँ, मलाई आफ्नो पिडा भन्दा मेरै अनन्य मित्र राहुल र उसको सहकर्मी साथीको थियो।
उठेर उनीहरु नजिक जान खोजेँ,सहयोगको लागि चिच्याउन खोजेँ तर आवाज़ निस्कन सकिरहेको थिएन,म उठ्न सकिन, केहि यात्रुहरु बिस्तारै बाहिर निस्कन खोजेको देखेँ।
ल। प्लिज मेरो साथीलाई बचाउनुस, प्लिज गाउँले हरुलाई खबर गर्नुस , मैले शासै शासले सहयोगको याचना गरिरहेको थिएँ। मेरै आँखाका अगाडि आफ्नो अनन्य मित्र मृत्युपथमा हिडिरहेको टुलुटुलु हेर्नुपर्दा म आफैलाई धिक्कारी रहेको थिएँ केहि गर्न नसक्दा। मेरै आँखा अगाडि जहाजको ठूलो टुक्राले च्यापिएका दुई जना होनहार युवाहरु रक्तश्रावले छट्पटाईरहेका थिए।
म बाहिर निस्कन खोजेँ तर सकिन, एकैछिनमा गाउँलेहरु आईपुगे र मलाई बाहिर निकाले। मैले पाईलटहरुको ज्यान बचाईदिन याचना गरिरहेँ।
प्लिज हेलिकोप्टर बोलाउनुस, उनीहरु बाँच्छन, प्लिज रगत बग्न रोक्ने केही उपाय गर्नुस ,.. म एकोहोरो बरबराईरहेको थिएँ।
अन्तत: जे नहुनु थियो सों भयो एक होनहार पाईलट रोशन छटपटाउदै आफ्नो प्राण त्याग गरेको यी आँखाले हेर्नुपर्यो, हेर्दा हेर्दै एउटा आकास भासियो।
म राहुलको नजिक गएँ, मेरो हात समातेर उसले बर्र आँशु झार्यो, अनि आर्तनादले चिच्यायो: मलाई बचाऊ, म बाँच्न चाहन्छु, मैले मेरो बाबाआमाको सपना पूरा गर्नु छ, मैले मेरी रितुसंगको वाचा पूरा गर्नुछ, मैले मेरो देशको अझै धेरै सेवा गर्नुछ। म भावविह्वल भएँ, दुर्घटित शरीर र मन लिएर साथीको जीवन बचाईदिन याचना गरिरहेँ।
बिकट गाउँ न थियो, साधन स्रोतले भ्याएसम्म गाउँलेहरुले सहयोग त गरेकै हुन तर मैले चाहेको हेलिकोप्टर मेरो साथीलाई लिन आएन, म उसको चित्कारको साक्षी बनेर लाचार भई अगाडि बसिरहेँ।
राहुल! तिमीलाई केहि हुँदैन केहि बेरमै हेलिकोप्टर आउँछ, तिमीलाई केहि भएको छैन, यस्तै यस्तै सहानुभूति दिदै म उसकै समीपमा बसिरहेँ। तर मेरो धैर्यताको बाँध फुटिसकेको थियो।
तीन घन्टा बितिसक्यो, राहुललाई लिन कुनै हेलिकोप्टर आएन, उसको स्वास्थ्यमा सुधार आएन, रगत निकै बगिसकेको थियो, क्रमश उसको शरीर चिसो भईसकेको थियो। अन्तत: मेरो मित्रताको आकास मेरै अगाडि भाँसियो, मेरै काखमा राहुलले प्राण त्याग गर्यो।हामी सबैलाई बचाएर उनीहरु दुबैले प्राणत्याग गरे।
अब भने मलाई आफू बाँचेकोमा कुनै खुशी लागेन, आफ्नो मुटुभित्र बसेको साथी गुमाउनु र उसकै मृत्युको बयान गर्नुपर्ने पिडाले म मूर्च्छित भएँ। त्यसपछि के के भयो मलाई केहि थाहा भएन।
– भृकुटी न. पा.६ कपिलवस्तु

पाईलटको बलिदान र देश

pilot

यात्रुहरुलाई अन्तिम समय सम्म नआतिन्न भन्दै, ती दुई बिमानचालकहरुले केहि उपाय नलागेपछि “क्र्याश ल्यान्दिङ्ग” गराएर आफू मरेर पनि यात्रुहरुलाई बचाए।

पाईलटको बलिदान र देश

pilot

“The fear of death follows from the fear of life. A man who lives fully is prepared to die anytime.”

  • Mark Twain

गएको हप्ता नेपाली आकाशमा दुईवटा दुर्घटना भए – एउटा म्याग्दीमा र अर्को कालिकोटमा। फाल्गुन १२ गते म्याग्दीमा भएको तारा एयरको दुर्घटनामा चालकदल सहित २३ जनाको ज्यान गयो। यो दुर्घटनामा प्रारम्भिक अनुसन्धान अनुसार चालकको गल्ति देखिएको थियो। “क्लाउड (बादल) राडार सिस्टम” नभएको विमानलाई चालकले तेस्तो सिस्टम भएको भन्ठानेर बादल भित्र लानु गल्ति थियो। त्यो सानो भूलले २३ जनाको ज्यान गयो। त्यसको दुई दिनपछि फाल्गुन १४ गते कालिकोटमा भएको अर्को कास्थमण्डप एयरको दुर्घटनामा भने दुई चालक बाहेक अरु सबै बाँचेका थिए। चालकद्वय दिनेश न्यौपाने र सन्तोष रानाले आफू मरेर पनि ९ जना यात्रुहरुलाई बचाउन सफल भएका थिए। त्यसो गर्दा उनीहरुले आफ्नो पेसाको मर्यादा उँचो पार्नुका साथै एउटा साहसी बलिदान प्रदर्शन गरेका थिए।  प्रारम्भिक अनुसन्धान अनुसार त्यो विमानको यन्त्रमा गडबडी देखिएको थियो र बीच आकाशमै यन्त्रले काम गर्न छोडेको थियो। “एक यन्त्र” मात्र भएको विमानलाई यात्राले काम गर्न छोडेपछि हावामा “ग्लाइड” गर्दै, यात्रुहरुलाई अन्तिम समय सम्म नआतिन्न भन्दै, ती दुई बिमानचालकहरुले केहि उपाय नलागेपछि “क्र्याश ल्यान्दिङ्ग” गराएर आफू मरेर पनि यात्रुहरुलाई बचाए।

ती नौजवान चालकहरुको यो साहसी बलिदानको समाचार पढेर म सोचमग्न भएँ। कति आफ्नो, कति परिवारको सपनाहरु थिए होलान। जीवनको युवा-अवस्थामै एक्कासी संसार छोड्नु पर्यो, ती सपनाहरु सबै अपुरो रहँदै। तर जाँदा-जाँदै कमसेकम अरुलाई बचाएर अरुको र अरुको परिवारको सपना आफ्नो जस्तै बिग्रन दिएनन्। आफ्नो परिवारको आँखामा आँसु ल्याएर भएपनि अरुको परिवारको आँखामा आँसु झर्न दिएनन्। यो भन्दा ठूलो बलिदान के हुन सक्छ? यो भन्दा ठूलो जीवनको सार्थकता केमा हुन सक्छ? ती दुई चालकलाई हृदयदेखि सलाम छ।

दुर्घटनाको लगतै मैले केहि लेखहरुमा चालकहरुलाई दोषी देखाइएको पाइयो।  हो, पहिलो दुर्घटनामा चालको पनि दोष थियो। अरु कारण पनि हुन सक्छ मौसम सहित। यसमा त पहिला चालकलाई सुरक्षा सम्बन्धि भरपुर तालिम र कडा नियमन गर्नुपर्थ्यो।  दोश्रो दुर्घटनामा चालकको म तेस्तो दोष देख्दिन।  केही लेखमा चालकले यन्त्र मजबूत नभएको बिमान चलाउन अस्विकार गर्नु  पर्थ्यो भन्ने कुरा आयो। पहिला त म के भन्छु भने आफू ती चालकको ठाउँमा उभिएर पहिला सोच्नुस। नेपालमा जागिर पाउन नै मुस्किल छ, त्यो पनि बिमानचालकको जागिर त झन् गारो।  बिमान चलाउन नमाने जागिर नै छोड्न के तपाई तयार हुनुन्छा? हो, नेपालमा हवाई उद्योगमा ठूलो समस्या छ।  बिगत पाँच वर्षदेखि नेपाली बिमानहरुलाई युरोपिय आकाशमा उड्न निषेधित छ, यस्तै सुरक्षाको कम्जोर रेकर्डले। यसको लागि सरकारी तवरबाट नै चालको सुरक्षा तालिम र विमानको यन्त्र देखि विमानस्थलको प्रबिधिमा ठूलो सुधारको आवस्यकता छ नेपालको हवाई सुरक्षाको लागि। तर, ती दुई चालकहरुले आफ्नो व्यक्तिगत हिसाबले जे जति गरे त्यो ठूलो कदम हो। कसैले अरुको लागि आफ्नो ज्यानको बलिदान दिन सक्छ भने त्यसलाई म सधै एउटा उच्च सम्मानले हेर्दछु। यो एउटा उच्च कर्म हो ।

यी दुई दुर्घटनाले मेरो मनमा केहि कुराहरु खेल्न थाले। पहिला त नेपालजस्तो गरिब र विकसिल देशहरुमा मान्छेको ज्यान कति सस्तो छ – हेर्नुस सिरिया, इराक। कतै युद्धले त कतै नेपालमा जस्तै “क्यान्सर” जतिकै बेथितिले। सामान्य सुरक्षाको उचित पालना र त्यसको भरपूर तालिम र नियमन नहुँदाले बर्सेनि सयौं मानिसको हवाई दुर्घटनामा ज्यान जाने गरेको छ। झन् सडक दुर्घटनाको त कुरै नगरौं। सामान्य सुरक्षाको सुधारले कमसेकम ५०% यस्ता दुर्घटना कम हुन सक्नेमा यसरि अनाहकमा हजारौं मान्छेको सडक र हवाई दुर्घटनामा ज्यान जानु ज्यादै दुर्भाग्यपुर्ण कुरा हो।

दोश्रो कुरा अलि दार्शनिक पनि लग्न सक्ला तर हामीले देखिरहेको र भोगिरहेको सत्य हो। मान्छेको जीवनको कुनै ठेगान हुन्न, आज छ भोलि नहुन सक्छ। जीवनमा केहि कुरा निश्चित हुन्न सिबाय मृत्यु। मर्नु त सबैलाई एक दिन छ नै। तर केका लागि बाँच्ने र केका लागि मर्ने भन्ने कुरा मात्रै हो? तारा एयरका ती जवान चालक र जवान परिचारिकालाई दुर्घटनाहुनु अघिसम्म आफू यति चाडै त्यसरी मर्छु भन्ने लागेको थिएन होला। यो हामी सबैलाई लाग्ने कुरा हो। दोश्रो दुर्घटनाका जवान चालकहरुलाई पनि तेस्तै लागेको हुनु पर्छ। ती जवानहरुलाई आफ्नो र परिवारको सपना पूरा गर्ने र बिहे गरी घर बसाल्ने जस्ता कति सपना थिए होलान। तर, एक्कासी मृत्युले सबै कुरा लगिदियो। यो सोचेर म एक छिन गम्भीर भए।

“जेन ध्यान”ले पनि यहि कुरालाई बुझाउन खोजेको छ – हरेक क्षण मृत्युको आत्मसात। म आज हो कि भोलि मर्न सक्छु, जीवनको कुनै ठेगान छैन। यसो गर्छु उसो गर्छु भनेर सपना मात्रै बुनी रहने समय छैन। ती दुई चालकहरुले ९ जना मान्छेहरुको ज्यान बचाएर आफ्नो जीवन सार्थक बनाए। तेस्तै एक जनाको जीवन समर्पणले देशको भविष्य बन्छ भने मैले के आफ्नो देशको लागि आफ्नो जीवन समर्पण किन नगर्ने? देशले अहिले ती जवानले जस्तै जीवनको बलिदान मागेको छैन, वस् जीवनको समर्पण।  ज्यान र रगत हैन केवल पसिना र लगाव मागेको छ। के मैले त्यति पनि दिन सक्दिन? मेरो एउटा जीवन समर्पणले देश बनेर यस्ता दुर्घटनाहरु न्यून हुन्छन र हज्जारौं ज्यान वर्षेनी बच्छन भने मैले किन त्यसो नगर्ने? देशको राजनीति सुध्रिएर सारा जनताले खुसि पाउँछन् भने यो भन्दा उत्तम जीवनको सार्थकता केमा हुन सक्छ। त्यसो गर्न सकेमा ती दुई नौजवान चालकहरुको बलिदान खेर जाने छैन। भविष्यमा तेस्ता कयौं नौजवानहरुको ज्यान बलिदान हुनुपर्ने छैन।  वस्, देशलाई सक्षम, जिम्मेवार, र बलिदानी चालकको खाँचो छ।

[email protected]

नलेखी बस्दा मन छट पटीन्छ र दिमाग रन्थनिञ्छ ” साहित्यकार गोविन्द गिरि प्रेरणा

g5

झन्डै ३८ बर्ष देखि अविरल रुपमा साहित्यको फाँटमा कलम चलाई रहेका साहित्यकार गोविन्द गिरि प्रेरणालाई नलेखी बस्दा कतिको हात सक सकाउछ भन्ने जिज्ञासा राख्दा उनि भन्छन ,नलेखी बस्दा मन छट पटीन्छ र दिमाग रन्थनिञ्छ । नलेखि बस्नु भनेको स्वास नफेर्नु जस्तो हो । त्यो नगरे मन भुट भुटीन्छ प्रेरणा भन्दछन ।

नलेखी बस्दा मन छट पटीन्छ र दिमाग रन्थनिञ्छ ” साहित्यकार गोविन्द गिरि प्रेरणा

g5

झन्डै ३८ बर्ष देखि अविरल रुपमा साहित्यको फाँटमा कलम चलाई रहेका साहित्यकार गोविन्द गिरि प्रेरणालाई नलेखी बस्दा कतिको हात सक सकाउछ भन्ने जिज्ञासा राख्दा उनि भन्छन ,नलेखी बस्दा मन छट पटीन्छ र दिमाग रन्थनिञ्छ । नलेखि बस्नु भनेको स्वास नफेर्नु जस्तो हो । त्यो नगरे मन भुट भुटीन्छ प्रेरणा भन्दछन ।

एक दशक भन्दा ज्यादा समय देखि अमेरिका भासिएका बिभिन्न कारहरुका धनि गोबिन्द गिरि प्रेरणालाई डिसी महानगर क्षेत्रमा उनको निजि पुस्तकालयमा भलाकुसारी गर्ने क्रममा उनले २-४ दिन नलेखि बस्दा मनका कुराहरु कहिले पोखु भन्ने लाग्छ भने । उनले आफै रचेको कविता ,तस्बिरै त रहेछ परदेशमा भन्ने कविता हामीलाई सुनाउदा हर्षित भए ।

डिसीमहानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा बसोबास गरि रहेका प्रेरणा संग दश हजार भन्दा ज्यादा पुस्तक नै पुस्तक ले भरिएको उनको निजि पुस्तकालयमा भएका पुस्तक मध्ये अस्सी प्रतिसत पुस्तकका लेखक र यसको बारेमा ज्ञान भएको बताए । उनको पुस्तकालयमा नेपाली साहित्यका पुस्तक छुट्टै खण्ड बनाएका छन् भने ज्यादा पुस्तक नअटाएर अतिरिक्त कोठा पनि पैचो लिएर पुस्तक जतन गरेका छन् ।

g4

उनि थुप्रै बिषयमा कलम चलाउन शिपालु छन् । बिदेशमा भएता पनि उनि धेरै कार भएका मध्येका एक साहित्यकार हुन् भन्दा अतिसयोक्ति नहोला । प्रेरणा उनको उपनाम र उनि यहि नामले स्थापित छन् । भए भरको कारहरु ,गीतकार ,नाटककार ,पत्रकार ,कथाकार ,उपन्यासकार ,निबन्धकार तथा नियात्राकारले साथ दिएको छ साहित्यकार गोबिन्द गिरि प्रेरणालाई । उनि झन्डै नौ वटा कारहरुका स्वामी बन्न सफल भएका छन् ।

यसको अतिरिक्त उनि संग सवारी साधन स्वरुप अमेरिकन कार पनि छ । उनले कुराकानी गर्ने क्रममा हामीलाई दुखेसो पोख्दै जीवनमा यति धेरै कारहरु हासिले गरिने रहेछ । उनले अगाडी थपे ,नेपालमा केवल २० पैसा आफ्नो गोजीमा नहुँदा काठमाडौँमा चल्ने ट्रली बस चढ़न नपाई लुखुर लुखुर पानीमा रुझ्दै हिडेको आफुले कहिले नबिर्सेको संस्मरण सुनाए । तर भाग्य र मेहनतले डिसीमा चाहेको जस्तो गाडी अहिले कुदाउन पाउँदा आनन्दको अनुभूति भएको बताए ।

g 1

हामी संग गफिने क्रममा उनले भने आफुले ६ वटा कथा ,५ वटा कविता , ५ वटा उपन्यास र निबन्ध /यात्रा संस्मरण तथा हास्य व्यंग गरि २२ वटा पुस्तक प्रकाशित भएको खुलासा गरे जसमध्य गन्तव्य गणवहाल गत डिसेम्बरमा नेपालमा छँदा साझा प्रकाशनवाट प्रकाशित भएको थियो र विमोचन समेत भएको थियो । ।

एउटा सिडी (वृत्त चक्का ) निकालेको पनि उनले बताए । एक छिन् घोत्लिदै र थप्दै भने आफुले सम्पादन र पुस्तक अनुबाद समेत जोड्ने हो भने ३२ वटा पुस्तक भै सकेको छ ।

स्नातकोत्तर को सोध पत्रमा आफ्नो व्यक्तित्व कृतित्व लेखिएको ईतिहास सुनाउदै नेपालमा हुँदा अनगिन्ती पत्र पत्रिकामा आफ्नो अन्तर्वार्ता आएको बताए । प्रेरणाले जीवनमा पहिलो पटक २०३२ साल साउनमा लिखित गीति कविता ” ईशारा किन गर्यौ मलाई एकान्तको पहाडमा ,छटपटाउने बेथा कि दियौ एकान्त को पहाडमा ” भएको बताए ।

प्रारम्भिक चरणमा दुई हरफको कविता बाट आफुले साहित्यको श्री गणेश गरेको बताए । उनले कुरै कुरामा जापानिज भाषामा पनि आफ्नो बारेमा प्रकाशित भएको र जापानको पत्रिकामा छापिएको समेत चर्चा गरे । यसको अतिरिक्त बंगाली भाषामा पनि आफ्नो रचना प्रकाशित भएको भन्दै १९८७ को जुन महिनामा भारत बाट प्रकाशित हुने कादम्बिनी(हिन्दि )मा पनि कविता छापिएको प्रसंग सुनाए ।

g 2

यसको साथै प्रेरणाले आफुले रंगमंचमा पनि अभिनय गरेको चर्चा गर्दै २०४२ सालमा आफैले लेखेको र निर्देशन गरेको मिन भवन कलेजको तर्फ बाट प्रज्ञा भवनमा ब्रह्मपुर् नाटक गर्दा खचाखच भरिएको ऐतिहासिक कहानी सुनाए ।

उनले कुराकानीको सन्दर्भमा आफुले नेपालमा एकल कविता वाचन ३ पटक र अमेरिकामा ५ पटक गरेको बताए । उनले अगाडी थपे अमेरिकामा आएर बसन्त श्रेष्ठका कविता पुस्तक सम्पादनको साथै ध्रुव थापाका कविता तथा गीत पुस्तक समेत सम्पादननगरेको बताए ।

प्रेरणाले अगाडी भने नेपालमा साहित्यिक पत्रिका २०३६ सालमै सम्पादन गर्ने मौका पाएको र त्यो बैतनिक रुपमा गरेको बताए । ऐतिहासिक साहित्य पत्रिका ‘लघु कथा प्रधान ‘पत्रिका लघु कथा सम्वन्धी पहिलो पत्रिका भएको वताउँदै त्यो आफ्नो सम्पादन तथा प्रकाशनमा भएको जानकारी दिए ।

g3

यसको साथै नेपालमा हुँदा राइटर्स क्लव खोलेर साहित्यिक गतिबिधि र प्रकाशन गरेको बताए ।यसको साथै उनले कुरै कुराको शिलशिलामा किशोर पहाडी र अशेष मल्लको संयुक्त कथा संग्रह कथा कोण प्रकाशन समेत गरेको कहानी सुनाए । नयन राज पाण्डेको पहिलो उपन्यास नाङ्गो मान्छे को डायरी प्रकाशन समेत आफुले गरेको जानकारी दिए ।

कुराकानी गर्ने क्रममा सन् २०१४ मा अमेरिकामा अमेरिका नेपाल साहित्य प्रतिष्ठान स्थापना गरेको र त्यसले निकट भविष्यमा विविध साहित्यिक गतिबिधि गर्ने क्रममा रहेको बताए ।

Sunday, February 28, 2016

नेजाका सदस्यहरुबीच छलफल

DSC05904

भर्जिनिया,फेब्रुअरी २८ नेपाल अमेरिका पत्रकार संघ नेजा आसन्न पाँचौं अधिवेशनको तयारीमा जुटेको छ । अधिवेशनको तयारीका लागि आफ्ना सदस्यहरुको बीचमा आईतवार भर्जिनियामा एक छलफल कार्यक्रम आयोजना गरेको छ । छलफलमा आगामी मे ७,८ मा लसएन्जलसमा हुने पाँचौं अधिवेशनलाई व्यवस्थित,भव्य र स्मरणीय वनाउन सहभागीहरुले सुझाव दिए । विगत दुई वर्षमा नेजाको क्रियाकलाप उत्साहप्रद रहेको भन्दै आगामी दिनमा अझ सशक्त वन्न प्रयत्न गर्न नेजाका सदस्यले सुझाव दिएका छन् ।

DSC05899
नेजाका अध्यक्ष गौतम दाहालले पाँचौं अधिवेशनलाई सफल बनाउन सदस्य तथा सम्भावित सदस्यहरुको वीचमा छलफल गर्दै नीतिगत संशोधनमा खुला छलफल गरिएको वताउनु भयो । उहाँले नेपाली पत्रकारहरुले प्रवासी भूमिमा समुदायसँग सहकार्य गर्दै समुदयाको सूचना, चासो र जनउपयोगी विषयमा समाचार सम्प्रेषण गर्दे आएको वताउनु भयो । अध्यक्ष दाहालले पाँचौं अधिवेशनका लागि भैरहेका तयारीका बारे जानकारी दिदैं अप्रिल ३ तारिखभित्र सदस्यता आवेदन र नवीकरणका लागि समय निर्धारण गरिएको बताउनु भयो ्रुअहिले हामी सदस्यता वितरण र नवीकरणमा जुटेका छौं,तसर्थ यस बीचमा अमेरिकामा छरिएर रहनु भएका नेपाली संचारकर्मी सबैलाई नेजाको सदस्यता लिन हामी अनुरोध गर्दछौं र पुराना सदस्य साथीहरुले पनि यही समय सीमाभित्र नवीकरण गरिदिनु होला( अध्यक्ष दाहालले सहभागी सदस्यहरुका बीच भन्नुभयो ।

DSC05882
कार्यक्रममा संस्थापक अध्यक्ष एवं सल्लाहकार गिरीश पोख्रेलले नेजाले आफ्नो उद्देश्य अनुसार काम गर्दै गएको भन्दै आगामी दिनमा यसलाई प्रवासी पत्रकारहरुलाई समेट्दै पत्रकारिताको पेशागत एवं व्यवसायिक नैतिकताको आधारमा सम्प्रेषण गर्न सचेत हुनुपर्ने धारणा राख्नु भयो।

DSC05893
कार्यक्रममा नेजाका क्षेत्रीय उपाध्यक्ष विश्वराज थापा, कार्यकारी सदस्य मधुकर अधिकारी लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।

DSC05865
कार्यक्रममा पूर्व उपाध्यक्ष सुशील न्यौपाने,पूर्व कोषाध्यक्ष गुणराज लुईटेल,नेजाका सदस्यहरु कविन्द्र सिटौला,अंकुश नेपाल,जोशिला देवकोटा,भरत वराईली लगायतले विभिन्न सुझाव दिनु भएको थियो । यसैगरी नेजाको संगठित संरचनामा आवद्ध हुन चाहेको भन्दै पत्रकारहरु लिलादेवी ओझा,केशर कार्की,प्रसन्न पौडेल,कृष्ण भण्डारी लगायतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा सल्लाहकार कृष्ण शर्मालगायतका सदस्यहरु सहभागी हुनहुन्थ्यो ।

DSC05847
नेजाको विधान अनुसार कार्यक्रममा आठ जनाले आजीवन सदस्य वन्नु भएको छ । यसरी आजीवन सदस्य वन्नुहुनेमा संस्थापक अध्यक्ष गिरीश पोख्रेल ,अध्यक्ष गौतम दाहाल, कार्यकारी सदस्य मधुकर अधिकारी सहित अंकुश नेपाल,गुणराज लुईटेल,सुशील न्यौपाने,राम खरेल र कविन्द्र सिटौला रहनु भएको छ । यसैवीच आगामी दिनमा टेक्सास,लस एन्जेलस र सन्फ्रान्सिस्को मा पनि सदस्यहरु वीच छलफल गर्ने नेजाले जनाएको छ ।

DSC05875

नीति तथा कार्यक्रमलाई समयसापेक्ष गतिशील बनाउँदै काँग्रेस

Congress-flagपोखरा, १७ फागुन । राणा शासनविरुद्धमा सङ्ठित हुने क्रममा जननायक बिपी कोइरालाको सक्रियतामा २००३ सालमा नेपाली राष्ट्रिय काँग्रेसका रुपमा गठित नेपाली काँग्रेस आफ्नो लगभग सात दशकको राजनीतिक यात्रामा १३औँ महाधिवेशनको सङ्घारमा आइपुगेको छ ।

प्रथम महाधिवेशनबाट राष्ट्रिय समृद्धि र विकासका लागि जहानिया राणा शासनको अन्त्य गर्नुपर्ने कुरालाई नै आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकता दिँदै त्यसैका लागि थप सङ्गठित र क्रियाशील बन्नुपर्नेमा जोड दिइएको थियो ।

प्रथम महाधिवेशनको मार्गनिर्देशअनुरुप नेपाली राष्ट्रिय काँग्रेसको आह्वानमा नेपालमा पहिलोपटक २००३ साल फागुन २० गते विराटनगरमा विभिन्न मागका साथ मजदुर हडतालको आयोजना गरिएको थियो ।

देशभित्रको सङ्घर्षका साथै प्रवासबाट राणा शासनको उन्मुक्तिका लागि सङ्घर्ष जारी गरिएका अवस्थामा २००३ सालमा भवानीपुरमा गठित नेपाली राष्ट्रिय काँग्रेस र २००५ सालमा कलकत्तामा सुवर्णशमशेरको नेतृत्वमा गठित नेपाली प्रजातन्त्र काँग्रेसको २००६ सालमा कलकत्ताको टाइगर हलमा एकीकरण गरी नेपाली काँग्रेस नामाकरण गरिएको थियो ।
नेपाली काँग्रेसको उक्त स्थापना सम्मेलनले ऐतिहासिक घोषणापत्र, २००६ जारी गरेको थियो ।

विसं २००७ को क्रान्तिपूर्व जारी गरिएको सो घोषणापत्रमा नेपाली काँग्रेसले राणा शासनको समाप्तिका लागि सम्पूर्ण जनतालाई आह्वान गर्नुका साथै संसदीय प्रजातन्त्रमा आधारित निर्वाचित जनप्रतिनिधिको सरकार, शोषणमुक्त आर्थिक व्यवस्था र सुधार, सामाजिक न्याय तथा राष्ट्रिय स्वतन्त्रता, समानता एवम् विश्व शान्तिमा आधारित परराष्ट्र नीतिजस्ता कुरालाई आफ्नो आधारभूत सिद्धान्तका रुपमा अङ्गालेको थियो ।

उक्त आह्वानसँगै आन्दोलनको तयारीका लागि काँग्रेसले २००७ साल कात्तिक २१ गते भारतको वैरगनियामा बन्द सम्मेलन गरी नेपालमा प्रजातन्त्रको स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने निर्णय गरेको थियो ।

नेपाली काँग्रेसका नेता पुरुषोत्तम बस्नेतका अनुसार राणा शासनको अन्त्यका लागि सशस्त्र क्रान्तिको विकल्प नभएकाले काँग्रेसले औपचारिक घोषणा नै गरी सशस्त्र क्रान्तिमा होमिएको थियो ।

प्रजातन्त्रको स्थापना भए पनि नवोदित प्रजातन्त्रलाई कमजोर बनाउने षडयन्त्र बढ्दै गए पछि नेपाली काँग्रेसले २००९ साल जेठ १०–११ मा जनकपुरमा आफ्नो पाँचौँ महाधिवेशन सम्पन्न ग¥यो । महाधिवेशनले प्रजातन्त्रलाई असफल बनाउने योजनाबद्ध षडयन्त्रलाई चिर्न यथाशक्य चाँडो आमनिर्वाचन गराउने वातावरण तयार गर्न सत्याग्रहमा जानुपर्ने कार्यनीति अघि सारेको थियो ।

विसं २००७ का क्रान्तिका उपलब्धि खेर जाने अवस्था देखि काँग्रेसले २०११ साल पुस २६ गते विभिन्न २६ सूत्रीय मागसहित सत्याग्रह गर्ने निर्णय गरेको थियो ।
सत्याग्रहले मुख्यतः नागरिक हक र स्वतन्त्र न्यायालयको व्यवस्था गुम्न नपाओस् भन्दै छिटो चुनावको माग गरेकामा त्यसको प्रभावका कारण तत्कालीन राजकीय परिषद्ले माग पूरा गर्ने स्वीकृति दिएको थियो ।

यसैबीचमा नेपाली काँग्रेसले २०१२ साल माघ १०–११ मा वीरगन्जमा आफ्नो छैटौँ महाधिवेशन सम्पन्न ग¥यो ।

आफ्नो स्थापनाकालदेखि राजनीतिक स्वतन्त्रताका साथ आर्थिक समानताको पक्षलाई विशेष जोड दिँदै आएको काँग्रेसले छैटौँ महाधिवेशनबाट समाजवादी नीति र कार्यक्रमलाई विधिवत् अङ्गिकार ग¥र्यो ।

बिर्ता उन्मूलन, राज्य रजौटा उन्मूलन, वनको राष्ट्रियकरण, सहकारी अभियानको थालनीजस्ता क्रान्तिकारी कदमलाई यही समाजवादी नीतिमार्फत काँग्रेसले अघि बढाएको हो ।

स्पष्ट समाजवादी नीतिका साथ अघि बढेको नेपाली काँग्रेसले २०१७ सालमा भएको नवोदित प्रजातन्त्रको अपहरणपछि यसको पुनःस्थापनामा आफूलाई क्रियाशील बनायो ।

यसबीचमा काँग्रेसले २०१४ जेठ १० मा विराटनगरमा विशेष अधिवेशन सम्पन्न गर्‍यो भने त्यही साल मङ्सिरमा चुनावको मिति तोकियोस् भन्दै भद्र अवज्ञा आन्दोलन सुरु गरेको थियो । अवज्ञा आन्दोलनले २०१५ साल फागुन ७ गतेको तिथिबाट आम चुनाव हुने घोषणा तत्कालीन राजा महेन्द्रले गरेका थिए ।

विसं २०१५ मा भएको आमनिर्वाचनबाट नेपाली काँग्रेस दुई तिहाइ बहुमतले विजयी बनेपछि आफ्नो समाजवादी नीतिअनुरुपका कार्यक्रमको कार्यान्वयनमा लागे पनि राजा महेन्द्रले २०१७ साल पुस १ गते प्रजातन्त्रको अपहरण गरेपछि पुनः प्रजातन्त्रको पुनःस्थापनामा लाग्नुपरेको थियो ।
विसं २०१६ मा आफ्नो नेतृत्वमा सरकार गठन भए पनि समाजवादी आदर्श बोकेको काँग्रेसले त्यहीअनुरुप सरकारका काम कारबाही अघि बढाएको थियो ।

विसं २०१७ वैशाख २५–३१ मा काठमाडौँको लक्ष्मी निवासमा सम्पन्न सातौँ महाधिवेशनले सङ्गठनको सुदृढीकरणका साथै निर्वाचनमार्फत नेपाली जनताले जनादेशलाई साकार पार्ने कार्य नीति लिए पनि राजा महेन्द्रको ‘कु’ का कारण त्यो सम्भव हुन सकेन ।

सरकार सञ्चालनको छोटो समयमा नै प्रजातन्त्रको अपहरण गरी राजा महेन्द्रले ‘कु’ गरेपछि काँग्रेसले २०४६ साल पर्यन्त निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्धमा र प्रजातन्त्रको पुनःस्थापनामा आफूलाई केन्द्रित ग¥यो ।

यसबीचमा काँग्रेसले अङ्गिकार गरेको सशस्त्र आन्दोलन (२०१८), पुनः सशस्त्र आन्दोलन (२०२८–३३), राष्ट्रिय मेलमिलाप नीतिअन्तर्गत जनमत सङ्ग्रहको घोषणा (२०३३) सत्याग्रह (२०४२) आदिले २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना सम्भव भएको हो ।

पञ्चायती शासनकालमा काँग्रेसले सङ्घर्षका लागि कार्यक्रम तय गर्ने गरे पनि औपचारिक महाधिवेशन भने हुन सकेन । सातौँ महाधिवेशन भएको ३१ वर्षको अन्तरालमा २०४८ फागुन १–३ सम्म झापाको कलवडगुडीमा आठौँ महाधिवेशन भयो भने २०५३ वैशाख २६–३० मा काठमाडौँको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नवौँ महाधिवेशन सम्पन्न भए ।

यी महाधिवेशनले प्रजातन्त्रको सशक्तीकरण र प्रजातान्त्रिक समाजवादको आदर्शअनुरुप देश र जनतामा जाने कार्यनीति तय गरेअनुरुप काँग्रेस अगाडि बढ्दै गयो ।

पार्टीको दशौँ महाधिवेशन २०५७ माघ ६–१० मा पोखरामा सम्पन्न ग¥यो । महाधिवेशनले आर्थिक समृद्धि र विकासका लागि जनता केन्द्रित कार्यक्रमलाई आफ्नो प्राथमिकतामा राखेको थियो ।

यसैबीचमा २०५९ मा काँग्रेस विभाजन हुन पुग्यो । विभाजित अवस्थामा एघारौँ महाधिवेशन छुट्टाछुट्टै गरे पनि अन्ततः एकताको १२औँ महाधिवेशन काठमाडौँमा २०६७ असोजमा सम्पन्न भयो ।

देशमा गणतन्त्रको बहस भए पनि नेपाली काँग्रेसले २०६४ असोजमा आफ्नो महासमिति बैठकमार्फत सङ्घीय गणतन्त्रात्मक राज्य संरचना एवम् बहुदलीय संसदीय लोकतान्त्रिक शासन व्यवस्था गर्ने गरी निर्णय गरेसँगै नेपालमा गणतन्त्र स्थापना हुन सकेको राजनीतिशास्त्रका प्राध्यापक प्रा डा यज्ञप्रसाद अधिकारी बताउनुहुन्छ ।

समयसापेक्ष देश र जनताको मागलाई दृष्टिगत गरी काँग्रेसले आफ्ना नीति तथा कार्यक्रमलाई गतिशील बनाएको उहाँको भनाइ छ ।

प्रजातन्त्रवादी प्राध्यापक सङ्घका केन्द्रीय सदस्य लोकनाथ भट्टराई राणा शासन, पञ्चायती शासनका विरुद्धमा सङ्घर्ष गर्दै लामो समयसम्म स्वीकार गरेको संवैधानिक राजतन्त्रलाई पनि छाडेर देशलाई गणतन्त्रमा लैजानुले काँग्रेसका नीति तथा कार्यक्रम समयसापेक्ष गतिशील बनेको धारणा राख्नु हुन्छ ।

गणतन्त्रको सफल कार्यान्वयनलगायतका विषयलाई प्राथमिकता दिँदै आर्थिक समृद्धि र विकासका लागि १३औँ महाधिवेशनले पारित गर्ने नीति तथा कार्यक्रममार्फत लामो समयदेखिका उपलब्धि संस्थागत गर्दै काँग्रेस देश समुन्नतिको मार्गमा अघि बढ्ने भट्टराईले बताउनुभयो ।

वैशाखमा स्थानीय चुनाव उपयुक्त: नेता नेपाल

Madhav_Kumar_Nepal2भीमदत्तनगर, १७ फागुन । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आगामी वैशाख महिनामा स्थानीय निकायको निर्वाचनका लागि उपयुक्त हुने बताउनुभएको छ ।

आइतबार नवौँ जिल्ला परिषद्को उद्घाटन गर्न दार्चुला पुग्नुभएका नेता नेपालले वैशाखमा निर्वाचन गर्ने गरी सरकारले तयारी थाल्नुपर्ने धारणा राख्नु भयो ।

“मौसमलगायतका कारण वैशाखमा निर्वाचन गराउँदा राम्रो हुन्छ ।” उहाँले भन्नुभयो – “जनप्रतिनिधिविहीन हुँदा समस्या भएको छ ।” स्थानीय निकायको निर्वाचन गरी ग्रामीण बस्तीको सामाजिक, आर्थिक विकासमा लाग्नुपर्नेमा नेपालको जोड थियो ।

कार्यक्रममा दार्चुलाका स्थानीय विकास अधिकारी सहदेव रायमाझीले आगामी आव ०७३÷७४ का लागि रु एक अर्ब, ८६ करोड ५५ लाखको अनुमानित बजेट प्रस्तुत गर्नुभयो । आगामी योजनामा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास बजेटमा प्राथमिकतामा दिइएको छ ।

होटलभित्रै व्यवसायीको हत्या

hatya-imageभीमदत्तनगर, १७ फागुन । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर चौराहामा रहेको एक होटलका सञ्चालकको गएराति होटलमै हत्या गरिएको छ ।

कलुवापुरमा रहेको बैतडी होटलका सञ्चालक ४० वर्षीय दामोदर अवस्थीको होटलभित्रै हत्या गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

झलारीपिपलाडी नगरपालिका–१ ढकनिया घर भएका अवस्थी होटल व्यवसाय गर्दै आएका थिए । आज बिहान घरबाट होटल पुगेका उनका भाइले दाजुको हत्या भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अवस्थीको हत्या भएकै हुनसक्ने आशङ्का गरेको छ ।

ढुङ्गा, गिट्टी, बालुवा खोल्ने पहल गर्न प्रशासनलाई अनुरोध

गाईघाट (उदयपुर), १७ फागुन । आइतबार जिल्ला प्रशासन कार्यालय उदयपुरमा बसेको राजनीतिक दलसहितको सर्वदलीय छलफलमा जिल्लाका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय प्रशासनलाई तत्काल ढुङ्गा, गिट्टी र बालुवा निकासी खोल्ने विषयमा पहल गर्न अनुरोध गरेका छन् ।

राष्ट्रपति चुरे संरक्षण समितिले उदयपुरको चुरे वन क्षेत्र संरक्षण गर्ने नाममा लामो समयदेखि यस क्षेत्रका खोलानालाबाट ढुङ्गा, बालुवा तथा गिट्टी निकासी गर्ने कार्यमा प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रतिबन्धका कारण जिल्लाभित्र विकास निर्माण तथा अन्य भौतिक निर्माणका कार्य ठप्प भएको भन्दै अब तत्काल प्रतिबन्ध गरिएका ढुङ्गा, गिट्टी, बालुवा खुलाउन उदयपुरका प्रमुख जिल्ला अधिकारीलाई पहल गरिदिन दलका नेताहरुले अनुरोध गरेको उदयपुरका प्रजिअ कृष्णचन्द्र घिमिरेले बताउनुभयो ।

तर दलका नेताहरुले अनुरोध गरे पनि आफूले चुरे क्षेत्रका खोलानालाबाट प्रतिबन्ध गरिएका बालुवा, गिट्टी तथा ढुङ्गा निकासी कार्य खुलाउन पहल गर्न नसक्ने प्रजिअ घिमिरेले बताउनुभयो ।

चुरे क्षेत्रको आसपासका गिट्टी, बालुवा तथा ढुङ्गा निकासी कार्य खुलाउन राष्ट्रपति चुरे संरक्षण समितिको सहमति तथा सरकारको निर्णय चाहिने हुनाले पनि आफूले यसमा केही गर्न नसक्ने धारणा प्रजिअले जिल्लाका राजनीतिक दलका नेताहरुलाई अबगत गराउनु भयो ।

यता चुरे क्षेत्रको खोलानाला क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने कार्यमा प्रतिबन्ध भएका कारण कच्चा पदार्थको अभावमा जिल्लामा झन्डै डेढ दर्जन राष्ट्रिय तथा क्षेत्रीयस्तरका विकास निर्माणसम्बन्धी कार्य बन्द भएको निर्माण व्यवसायीहरु बताउँछन् ।

उदयपुर जिल्लाको तराई र पहाडी क्षेत्र गरेर तीनवटा नगरपालिकासहित २१ वटा गाविसलाई चुरे क्षेत्रले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा छोएको छ ।

घरको गाह्रोले किचेर शिशुको मृत्यु

खोटाङ, १७ फागुन । वनाउँदै गरेको घरको गाह्रोले किचेर एक शिशुको मृत्यु भएको छ भने शिशुका बुबा–आमा गम्भीर घाइते भएका छन् ।

जिल्लाको पश्चिमी दुर्सिङ गाविस–१ मा गएराति करिब १०ः३० बजे सुतिरहेको अवस्थामा घरको गाह्रो ढलेको स्थानीयवासी चक्र राईले बताउनुभयो ।
स्थानीय गणेश राई र भावना राईका छोरा डेढ महिनाका बुहाङ राईको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते गणेश र भावनालाई गाह्रोले च्याँपिरहेको अवस्थामा स्थानीयवासी र इप्रका, हलेसीले उद्धार गरेका छन् ।
सुवास राईको निर्माणाधीन घर भत्किँदा घर नजिकै पाल टाँगेर सुतिरहेका उनीहरुलाई गाह्रोले च्याँपेर उनीहरु घाइते भएको राईले बताउनुभयो ।
उनीहरु भूकम्पपीडित रहेको र घरधनी सुवासका बहिनी ज्वाईं रहेको बताइएको छ ।
घाइतेद्वयको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि ओखलढुङ्गा जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी सहायक निरीक्षक रवि लिम्बूले जानकारी दिनुभयो ।

भारु साट्दा सर्वसाधारण र पर्यटक ठगिँदै

इलाम, १७ फागुन । जिल्लाको पूर्वी सीमावर्ती क्षेत्र पशुपतिनगरमा भारतीय रुपैयाँ साट्दा सर्वसाधारण र पर्यटक ठगिइरहेका छन् ।

भारु साट्दा लाग्ने दरभन्दा धेरै बढी मूल्य तिर्नुपरिरहे पनि सम्बन्धित निकायको ध्यान नपुग्दा सर्वसाधारण ठगिनु परिरहेको हो ।

सीमा क्षेत्रको मुख्य बजार पशुपतिनगरमा सटही काउन्टर नहँुदा सर्वसाधारण ठगिनुपरेको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्न, उपचार गराउन, घुम्न, तीर्थयात्रालगायत विभिन्न प्रयोजनका लागि भारतीय बजार जाने नेपाली नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा उच्च दरमा भारु साट्न बाध्य छन् ।

नेपाल राष्ट्र बैंकको अनुमति र इजाजतबिना व्यक्तिले नै अवैधानिक रूपमा भारु पैसा साटिरहेका छन् । नेपाली नागरिकले एक सय भारु साट्दा नौ रुपैयाँ, एक हजार साट्दा ९० रुपैयाँ र एक लाख साट्दा नौ हजारसम्म अतिरिक्त शुल्क (बट्टा) तिर्नुपर्दा सर्वसाधारण र पर्यटक मारमा परेका हुन् । नेपाल राष्ट्र बैंकले एक सय भारुको अधिकतम १६० रुपैयाँ १५ पैसा तोकेको भए पनि सर्वसाधारण भने चर्काे अतिरिक्त शुल्क तिर्न बाध्य छन् ।

सर्वसाधारण भारत जानुपरेमा चर्को दरमा भारु साट्नुपरेको स्थानीयवासीको दुखेसो छ । बिनाबट्टा एक रुपैयाँ पनि पाइँदैन तर बट्टा दिएमा जति पनि सजिलै पाइने गरेको स्थानीयवासीको भनाइ छ ।

पशुपतिनगरमा अवैधानिक तरिकाले व्यक्ति तथा साना होटल सञ्चालकले पनि भारु सटही गर्ने गरेका छन् । सीमावर्ती क्षेत्र मानेभञ्ज्याङ, तुम्लिङमा समेत उस्तै समस्या छ । सटही काउन्टर नहुँदा सर्वसाधारण तथा पर्यटक आर्थिक मारमा परेका छन् ।

नेपाल बैंक लिमिटेड इलाम शाखामा भारु कोष भएकाले सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता छ । सदरमुकामसम्म आउजाउ गर्न करिब रु ५०० तिर्नुभन्दा सर्वसाधारण चर्काे दरमा पशुपतिनगरमै भारु साटिरहेका छन् ।
सीमा क्षेत्रमा सर्वसाधारणमाथि ठगी भइरहे पनि प्रहरी प्रशासन भने मुकदर्शक बनिरहेको छ । ठगी नियन्त्रणका लागि प्रशासनको भूमिका नभएको सर्वसाधारणले गुनासो गरेका छन् ।

सयवटा सीमास्तम्भको मर्मत सम्पन्न

तौलिहवा (कपिलवस्तु), १७ फागुन । नेपाल र भारतका सीमाविज्ञ र सर्वेक्षक, सुरक्षाकर्मीको संयुक्त टोलीले अहिले जिल्लाका नेपाल–भारत सीमाका १०० वटा सीमास्तम्भको मर्मत सम्भार सम्पन्न गरेको जनाएको छ ।

दुई पक्षीय टोलीले कपिलवस्तु जिल्लासँग सीमा जोडिएको नेपाल–भारत सीमाको ५४४–१ देखि ५८९ सम्मका मुख्य सीमास्तम्भ (मुख्य पिलर), सब्सिडायरी पिलर र सहायक सीमास्तम्भ (माइनल पिलर) को मर्मत सम्भारको कार्य सुरु गरेर सयवटाको मर्मत सम्भार गरेको हो ।

सीमास्तम्भ मर्मत गर्ने कार्यमा नेपालको टोलीले बिजोडा र भारतीय टोलीले जोडा नम्बरको सीमास्तम्भको मर्मत सम्भार गर्ने जिम्मा पाएको छ । हालसम्म दुवै टोलीले ५०–५० वटाका दरले एक सयका हाराहारी पुराना सीमास्तम्भ मर्मत र नभएका स्थानमा नयाँ सीमास्तम्भ बनाउने कार्य गरेको नापी विभागका प्रमुख नापी अधिकृत तथा नेपाली टिमका लिडर निर्मलकुमार आचार्यले बताउनुभयो ।

गत मङ्सिर महिनाको अन्तिम साताबाट सुरु गरिएको मर्मत सम्भारकार्य आउँदो जेठ महिनासम्म चल्ने आचार्यले उल्लेख गर्नु भयो ।

मर्मत सम्भारका लागि खटिएको दुई पक्षीय पहिलो टोलीले पिलर अनुगमन गर्ने, मर्मत गर्ने वा नयाँ बनाउनेबारे अवस्था मूल्याङ्कन गरी प्रतिवेदन तयार गर्ने, पिलर भएका स्थानबाट दुवै मुलुकतर्फ ९ दशमलव १४४ मिटर सीमा क्षेत्र मिचिएको वा नमिचिएको अवलोकन गर्ने र सोअनुरुप नक्साङ्कन गर्ने कार्य गर्दछ ।

पहिलो टोलीको प्रतिवेदनका आधारमा अर्को टोलीले आवश्यक मर्मत सम्भारसँगै नयाँ पिलर निर्माणको कार्यसमेत गर्दै आएको छ ।

अहिले सीमामा रहेका स्तम्भ निर्माण र मर्मत सम्भारका लागि दुवै मुलुकका आठ–आठजनाको टोली खटाइएको छ । नेपालका तर्फबाट नापी विभागका प्रमुख नापी अधिकृतको नेतृत्वमा तीनजना नापी अधिकृत र सर्वेक्षक गरी आठजनाको टोली खटिएको छ । दुवैतर्फको टोलीमा नेपालतर्फ सशस्त्र प्रहरी बल र भारततर्फ सीमा सुरक्षा बल (एसएसबी) को टोलीको नियमित निगरानी हुने गरेको छ ।

पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप सुरु

पोखरा, १७ फागुन । जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले पाठेघरको मुखको क्यान्सरबाट बचाउन आइतबारदेखि कास्कीका दुई नगरपालिका र ३२ गाविसमा कक्षा ६ मा अध्ययनरत १० वर्षसम्मका किशोरीलाई एचपिभी खोप कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यालयले पोखरा उपमहानगरपालिकाका २८ वटा वडामा आइतबारदेखि २१ गतेसम्म र लेखनाथनगरपालिकाका सबै वडा र ३२ गाविसमा फागुन २२ देखि ३० गतेसम्म सो खोप दिइने कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिनुभयो ।

एचपिभी खोप तथा पाठेघरको मुखको जाँचजस्ता कार्यक्रम एकैचोटी सञ्चालन गर्ने गरी स्वास्थ्य मन्त्रालयले यसैवर्षदेखि कास्की र चितवन जिल्लामा परीक्षणका रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कास्की जिल्लाका कक्षा ६ मा अध्ययनरत करिब छ हजार ५०० र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका करिब २०० जना गरी छ ७०० जनाकिशोरीलाई सो खोप लगाइने छ ।

सो उमेरका किशोरी प्रायःजसो विद्यालयमा अध्ययन गर्ने हुनाले जिल्लामा ३४८ विद्यालय र बाहिर रहेकालाई ५५ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएकोे छ । सो खोप अत्यन्तै महँगो पर्ने र एकजना किशोरीलाई खोप दिँदा करिब १० हजार खर्च हुने वरिष्ठ जनस्वास्थ्य अधिकृत सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

यो खोप अभियान सम्पन्न गर्न जिल्लाका ३०० जना स्वास्थ्यकर्मी परिचालन गरिने बताइएको छ ।

निजी वनबाट लाभ उठाउँदै वनधनी

वनेपा, १७ फागुन । गरिबी न्यूनीकरणमा निजी वन प्रभावकारी हुँदै गएको निजी वनधनीहरुले औँल्याएका छन् ।

काभ्रेपलाञ्चोकको बुडोलमा आइतबार जिल्ला वन कार्यालय, धुलिखेलले आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले निजी वनबाट भरपुर लाभ उठाउन कोसिस भइरहेको बताए ।

खेर गएका बाँझो जग्गाको सदुपयोग गर्दै निजी वनमा जडीबुटी, काष्ठ वन पैदावारको खेती गरी लाभ उठाउन सकिन्छ निजी वन सञ्जाल, काभ्रेपलाञ्चोकका सचिव गोपालप्रसाद तिमल्सिनाले भन्नुभयो ।

उहाँले त्यसका लागि निजी वनधनीको क्षमता अभिवृद्धिका साथै संस्थागत विकासमा जोड दिनुभयो ।

जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका वन अधिकृत प्रेम खनालले निजी वनमा आयआर्जन हुने र छिटो बढ्ने प्रजातिका बिरुवा रोप्न सुझाव दिँदै निजी वनले राष्ट्रिय अर्थतन्त्रमा ४६ प्रतिशत योगदान दिएको बताउनुभयो ।

काभ्रेपलाञ्चोकका सहायक वन अधिकृत रामकुमार भण्डारीले लोपोन्मुख र सङ्कटापन्न अवस्थामा रहेका प्रजातिका बिरुवा निजी वनमा बढाउनुपर्नेमा जोड दिँदै उत्तिस, पाटेसल्ला, चिलाउने, साल, लौठसल्लालगायत प्रजातिबाट वनधनीले लाभ उठाउन सक्ने बताउनुभयो ।

जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोकका अनुसार आव ०७१/७२ मा निजी आवादी वनबाट कुल एक लाख ९९ हजार ७७८.७८ क्यूफिट काठ निकासी भएको देखिएको छ । त्यसबाट कुल रु ३४ लाख २६ हजार ६०१ राजस्वसमेत सङ्कलन भएको छ ।

जिल्लामा १४.२७८ हेक्टर क्षेत्रफलमा निजी वन रहेको छ त्यसमध्ये करिब दुई वर्षको अवधिमा १४ वटा निजी वन समूह दर्ता भएका छन् भने केही दर्ता क्रममा छन् ।

पदमार्गको अध्ययन

धनगढी, १७ फागुन । सुदूरपश्चिमका पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रको पदयात्रा मार्ग र पर्वतारोहणबारे अध्ययन गरिएको छ ।

‘अनन्त अपि सैपाल’ नामक गैरसरकारी संस्थाले सम्भाव्यता अध्ययन गरेको हो । संस्थाले पाँच हजार मिटरभन्दा अग्ला सुदूरपश्चिमको बझाङ, बाजुरा र दार्चुलाका १२ वटा हिम टाकुराको ‘ट्रेकिङ रुट’ र स्थलगत विवरण अध्ययन गरेको यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो ।

अध्ययनअनुसार समग्र सुदूरपश्चिमको आन्तरिक तथा बाह्य पर्यटन विकासको सम्भावना बोकेको यस पदमार्गलाई अपि राउन्ड ट्रेक र सैपाल राउन्ड ट्रेक गरी दुई चरणमा यात्रा पूरा गर्न सकिने बताइएको छ ।

अनन्त अपि सैपाल सुदूरपश्चिमका पदमार्ग खोज अभियान तथा पर्वतारोहण सम्भाव्यता अध्ययन गर्न स्थापना भएको संस्थामा आबद्ध तथा ‘टेक्निकल हिमालय  ट्रेक्स एण्ड एक्सपिडिसन’ नेपालका सञ्चालक ध्रुव विष्टले कार्यक्रममा जानकारी दिनुभयो ।

उहाँले व्यक्तिगत पहलमै सुदूरपश्चिमका हिमाल र उच्च पहाडी भेगका ट्रेक रुट खोजी गर्ने प्रयास गरिएको बताउनुभयो ।

गैरशेर्पा समुदायबाट मुलुककै एकमात्र अन्तर्राष्ट्रिय गाइड विष्टले सुदूरपश्चिमका हिमालको आरोहणका लागि पर्यटकलाई आकर्षित गर्न सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सुदूरपश्चिमका उच्च हिमाली भेगबारे अहिलेसम्म अध्ययन नै नभएको अवस्थामा तीन वर्ष लगाएर यस क्षेत्रका हिमालको भौगोलिक अवस्थितिको सामान्य नक्साङ्कन गर्न सकिएको अर्का सञ्चालक दीपेन्द्र थापाले बताउनुभयो ।

भिजन फर नेपालले डिसीमा आयोजना गरेको जीवन बिमा सम्बन्धि छलफलका तस्बिरहरु

DSC05917 DSC05918 DSC05920 DSC05922 DSC05923 DSC05924 DSC05925 DSC05926 DSC05929 DSC05933 DSC05935 DSC05936 DSC05937 DSC05941 DSC05943 DSC05945 DSC05946 DSC05950 DSC05952 DSC05954 DSC05957 DSC05958 DSC05961 DSC05962 DSC05966 DSC05967 DSC05968 DSC05970 DSC05974 DSC05976 DSC05978 DSC05980 DSC05981

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...