Monday, February 1, 2016

नेपाली चलचित्र क्लासिक “क्लासिक प्रोफाइल’ अभियान सामाजिक संजाल मार्फत’ व्यापक प्रचार

romi ghimire

आगामी माघ २९ गते तदनुसार फेब्रुअरी १२ तारिखमा प्रदर्शन हुने नेपाली चलचित्रले क्लासिकको व्यापक प्रचार तथा प्रसार होस् भनि हेतुले नया उपाय निकाल्न सफल भएको छ l

विश्व भर सबै भन्दा ज्यादा लोकप्रिय रहेको सामाजिक संजाल मुहार पुस्तिका (फेसबुक )मार्फत नेपाली चलचित्र “क्लासिक”ले ‘क्लासिक प्रोफाइल’ अभियान सुरु गरेको छ । माघ २९ अर्थात् प्रणय दिवस को शुभ अवसरमा प्रदर्शन हुन लागेको यो चलचित्रले प्रचार अनुप्रयोग (प्रोमोशन एप्लीकेशन )बनाएको छ । जस मार्फत मुहार पुस्तिका (फेसबुक) प्रयोगकर्ता आफैले अनुहार किताबमा राखिएको तस्बिरलाई “क्लासिक प्रोफाइल”का रुपमा परिवर्तन गर्न सक्ने छन् ।

रिलनेपाल डटकम’को सहकार्यमा निर्माण गरिएको उक्त एप्लीकेशन(अनुप्रयोग ) मार्फत मुहार पुस्तिका परिचय परिवर्तन गर्न http://bit.ly/1SzKO8u मा गै नेपाली झन्डा तथा फ्रान्समा आतंकबादी आक्रमण पछि संसारभरि आफ्नो तस्बिरमा फ्रान्सको झन्डा राखे झैँ त्यसरी नै गएमा “क्लासिक प्रोफाइल “देखिने छ ।

24779classic-profile-reelnepal

नेपाली चलचित्रलाई माया गर्ने दर्शक तथा नेपाली चलचित्र प्रेमीहरु मध्ये सबै भन्दा बढी “मन पराउने ,टिप्पणी र बाढ्ने,(लाइक,कमेन्ट र शेयर )गर्ने १० फेसबुक प्रयोगकर्ताले आर्यन सिग्देल र नम्रता श्रेष्ठसँग रात्री भोजन सहित आकर्षक उपहार प्राप्त गर्ने जनाएको छ ।

दिनेश राउत डावर निर्देशित चलचित्र क्लासिक दृष्टिबिहिनहरुको प्रेम कथामा आधारित छ l आर्यन सिग्देल र नम्रता श्रेष्ठको भुमिका रहेको चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन । यसै गरि ठुलो पर्दामा पहिलो पटक अभिनय गर्ने अवसर पाएकी विश्व कीर्तिमानी ,कलाकार रोमि घिमिरेले आफ्नो भूमिका निकै चुनौतीपूर्ण रहेको छ भन्दै दर्शकले पक्कै पनि नया स्वाद लिन पाउने कुरामा बिश्वस्त रहेको बताईन l

classis ap

किशोरी सुन्दरी प्रतियोगितामा बिजयी भएकी कलाकार रोमी घिमिरेले थुप्रै धाराबाहिकमा अभिनय गरिसकेता पनि यो चलचित्रमा अभिनय गर्न पाएकोमा धोको पुरा भएको बताईन l मैले दर्शकलाई पक्कै पनि निरासा बनाउने छैन भन्दै फेब्रुअरी १२ आउन केवल १० दिन रहेकोमा उल्टो गन्ति गनेर प्रतिक्षा गरि रहेको बताइन l

यसै गरि यस चलचित्रलाई नजिक बाट निहाली रहेका न्युयोर्कमा बसोबास गर्ने ७ पटक विश्व कीर्तिमान गर्न सफल तथा कलाकार रोहित तिमिल्सिनाले क्लासिक नेपाली चलचित्रलाई विश्व किर्तिमानमा पनि लैजान सकिने सम्भावना आफुले देखेको बताए l

classic aoo 2

नेपाली चलचित्र उद्योगको ईतिहासमा पहिलो पटक प्रचार अभियानका रुपमा रहेको ‘क्लासिक प्रोफाइल’ अभियानले नेपाली चलचित्रलाई माया गर्ने,हौसला दिने दर्शक र नेपाली चलचित्र बीचको आत्मियतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ | यो अभियान नेपाली चलचित्र क्लासिकले आफ्ना सम्पूर्ण दर्शकहरुका लागी आयोजना गरेको हो भने यो योजना माघ २९ गते सम्म लागु मात्र लागु हुनेछ ।

classic app 1

rohit timilsina

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...