Tuesday, February 23, 2016

खेल जित्यौ भन्दैमा घमण्ड गर्नु हुदैन: राजुकाजी शाक्य ,नेपाली फुटबल टोलीका प्रशिक्षक

raju 1

अमेरिकाको डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज संग नेपाल बाट अमेरिका कुरा गर्दै दक्षिण एशियाली खेलकुद (साग) भकुण्डोमा भारतलाई हराउँदै २३ वर्षपछि स्वर्ण पदक दिलाउने नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्यले भने हामीले खेल जितेका छौ l तर खेलमा भाग्य पनि चाहिन्छ भन्दै खेल जितेको छ भन्दैमा दम्भ गर्नु हुदैन l के के नै भयो भनि मात्तिनु हुदैन भन्दै सबै भन्दा ठुला कुरा अब हामीले यसलाई कायम (मेन्टेन )गर्नु अपरिहार्य रहने बताए l

शाक्यले अगाडी भने खेलाडी र प्रशिक्षकको हैसियतले आफुले यो खेल सहित तीन पटक फरक भूमिकामा नेपाललाई स्वर्ण पदक दिलाउन केहि भूमिका निर्वाह गरेको जस्तो लागेको स्मरण गराए l हामीलाई जित्ने आशा थियो र सफल पनि भैयो भने l

तपाईको नेतृत्वमा नेपाली टोलीले २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जित्दा हर्षको सिमा कहाँ पुगेको छ भनि सवाल गर्दा शाक्यले भने हर्षले गद्गद् नहुने भन्ने कुरा नै भएन l हर्षित छौ तर फुर्केका छैनौ भने l

raju kajo shakya 3

खेलाडीमा अनुशासन कतिको चाहिन्छ र त्यो कत्तिको हाम्रा खेलाडी संग हुने गर्छ भन्ने सवालमा त्यो नभएको भए हाम्रो पोल्टोमा स्वर्ण पदक कसरि आउथ्यो भनि उल्टो प्रति प्रश्न गरे l अब हाम्रो काँधमा थप जिम्मेबारी आएकोले हामी गम्भीर छौ ,शाक्यले आत्म बिश्वास साथ भने l अब फेरी स्वर्ण पदक जित्न फेरी २३ बर्ष कुर्नु पर्यो भने मज्जा आउदैन भने l त्यसको लागि त्याग ,समर्पण ,मेहनत ,उत्साह र उत्प्रेरणाको आवस्यक पर्ने बताए l

हामी संगको कुराकानी प्रसस्त खेलाडीहरु र तपाईका समकालीन खेलाडीहरु बिदेशी भूमिमा छन् ,तपाई के भन्नु हुन्छ भन्ने जिज्ञासामा उनले भने प्रसस्त खेलाडीहरु मुग्लान पसेका छन् ,त्यो सत्य भएको बताए l तर किन पसे भन्ने तर्फ घोत्लिनु पर्ने पनि हुन्छ भने l यसको लागि को जिम्मेबार छ भनि उनले हामी र तपाईहरुलाई सबै थाहा भएको बताए l

विदेशमा पसे पछि मातृभूमिको बारेमा नकारात्मक टिका टिप्पणी संचार माध्यममा आउँदा आफु लाई दुख लागेको बताए l सबै युवाहरु पलायन भए भने के देश बुढापाका र बृद्धले मात्रले चलाउने हो त भनि उल्टो सवाल गरे l हामी किन गएनौ त भनि आफ्नो उदाहरण दिए ? हामीले यहि भूमिमा केहि गरेर देखाएका छौ l धैर्य धारण पनि गर्नु पर्छ भने l

raju 3

विदेश जाने ,र विदेशमा बसेर भए पनि नेपालको समग्र विकासमा सबैले सहयोग गर्नु पर्छ l उनले अगाडी भने आफु खेलाडी भएकोले खेलकुदमा संसार भर छरिएर रहेका खेलाडीले नेपालको खेलकुदलाई सहयोग गरे भने नेपाल धेरै माथि उठ्ने बताए l आफु भकुण्डो तर्फ भएकोले भकुण्डोमा ठुलो फड्को हान्न सक्ने बताए l

पैसा कमाउन नै खेलाडीहरु बिदेसिनु पर्ने बाध्यता हुन्छ भन्ने सवालमा उनले भने पैसा सबै चिज हैन l सबै खेलाडी यसको पछाडी पनि लाग्दैनन् भन्दै आफु पनि यसको पछाडी नपरेको बताए l नेपालको खेलकुदको भविष्य सुनौलो भएकोले युवा पिढी र युवा खेलाडीहरु नेपालमा रहनु पर्छ अनि मात्र हामी दक्षिण एसियाली मात्र हैन एसियाली खेल सम्म पुग्ने हैसियत राख्नु पर्छ भने l

raju 5

उनलाई हामीले जादा जादै कपाल किन छोटो पार्नु हुन् भन्ने सवालमा प्रशिक्षक शाक्यले भने बुवाआमा स्वर्ग हुदा काटेको हो l तर सानो देखि नै पालेको हुदा एउटा पहिचान नै यो कपालले दिएकोले होला शायद कपाल यस्तो नै राख्न मन लाग्ने बताए l

नेपालले साग खेलकुदमा सन् १९९३ देखि कुनै उपाधि जित्न सकेको थिएन। र १२ औँ साग पुरुष यु-२३ फुटबलमा भारतलार्इ उसकै घरेलु मैदान मा २-१ गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक यिनै भाग्यशाली तथा कुसल प्रशिक्षक राजुकाजी शाक्यको प्रशिक्षण बाट अन्तत्वगत्वा नेपाल र नेपालीको शिर उच्च बनाई दिएका छन् l

raju 2

raju 4

raju kaji shakya 2

तस्बिर सौजन्य :राजुकाजी शाक्य 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...