Saturday, February 27, 2016

‘स्वाइँस्वाइँ तान्दै फु’ गर्ने सत्र पक्राउ

काठमाडौँ, १५ फागुन । सार्वजनिकस्थलमा स्वाइँस्वाइँ चुरोट तानेर फु गर्दै धुवाँ उडाउने १७ जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कोटेश्वरले धूमपान नियन्त्रण अभियान अन्तर्गत सडक, चोक र सार्वजनिक स्थानमा धूमपान गर्नेलाई पक्राउ गर्ने अभियानलाई शुक्रबारदेखि तीव्र पारेको हो । शुक्रबार मात्रै कोटेश्वर क्षेत्रबाट प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी सहायक निरीक्षक जीवन खड्काले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई रु १०० जरिवाना गरिनाका साथै आइन्दा सार्वजनिकस्थलमा धूमपान नगर्न सम्झाइबुझाइ गरी छाडिएको थियो । नेपाल प्रहरीले मुलुकभर नै यो अभियान सुरु गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...