Saturday, February 27, 2016

समृद्धिका लागि नयाँ शक्ति: डा भट्टराई

Baburam-Bhattaraiइटहरी, १५ फागुन । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुरातनवादी राजनीतिक चिन्तन र सोचबाट नेपाललाई समृद्ध बनाउन असम्भव देखिएकाले आफूहरुले नयाँ शक्तिको अभियान अघि बढाएको बताउनुभएको छ ।

सुनसरीको इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता डा भट्टराईले देशलाई आर्थिक, साँस्कृतिक र सामाजिक रुपान्तरण गर्न हिजोको राजनीतिक चिन्तन र धारणालेमात्र सम्भव नहुने स्पष्ट पार्नुभयो ।

उहाँले राजनीतिक र सामाजिक सद्भाव सिर्जना गर्दै सम्पूर्ण नेपालीहरुलाई समान ढङ्गले नयाँ शैलीबाट देश निर्माण गर्ने अभियानमा समाहित गराउनु नयाँशक्तिको मुख्य अभियान रहेको स्पष्टसमेत पार्नुभयो ।

डा भट्टराईले देशलाई भ्रष्टाचाररहित नबनाएसम्म कुनै पनि नेपालीको आर्थिक हैसियत माथि उठ्न सम्भव छैन भन्ने आफ्नो बुझाई र विश्लेषण रहेको तर्क गर्दै नयाँ शक्तिले देशैभर अभियान चलाउने रणनीति अघि सारेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...