आख्यानकार कुमार काफ्लेको नवीनतम उपन्यास कृति हजार सपना 2072 साल फागुन चौध गते शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको जन्मस्थान तथा सालिकस्थल ओखलढुंगामा सार्वजनिक भयो।सिद्धिचरण नगरपालिकास्थित सिद्धिचरण श्रेष्ठको सालिकमा गएर पुस्तकका लेखक कुमार काफ्ले आफैले हजार सपनाको सार्वजनिक गरेका हुन्।
आफूले भोगेका,देखेका र अनुभूत गरेका दैनिक जनजीवनका असन्तुष्टि,पीडा र प्रताडना एवम् आवश्यकता,चाहना र परीपूर्तिका घटना-परिघटनालाई कुशलतापूर्वक संश्लेषण गरिएको यस उपन्यासमा विभिन्न कारणले परदेशिएका यूवाहरू र स्वदेशमा रहेका उनीहरूका पत्नीहरूको मनोदशा,व्यवहार र अहिले फस्टाईरहेको विवाहेत्तर सम्बन्धको विश्लेषण र चर्चा गरिएको छ।
मोफसलमा रहेर विगत एक दशकदेखि साहित्य सिर्जना गरिरहेका स्रष्टा कुमार काफ्लेले टाढाटाढाबाट बरिष्ठ साहित्यकारहरूलाई पुस्तक सार्वजनिक गर्नकै लागि ओखलढुंगामा बोलाउन उपयुक्त नहुने ठानी आफूले जन्माएको सन्तानको आफैले कर्मकाण्ड पूरा गरेको बताए।शब्दार्थ प्रकाशन काठमाडौंले प्रकाशनमा ल्याएको हजार सपना को बिमोचन न त कुनै अतिथि न कुनै ब्यानर तथा तामझाम बिनै सरल तर नवीन तरिकाले सम्पन्न भएको थियो।
साहित्यकार कृष्ण बजगाईले आफ्नो कथा कृति कमरेड भाउजु को सार्वजनिक कार्ल माक्सको समाधिस्थलमा आफैले गरेको कामबाट प्रभावित भएर आख्यानकार कुमार काफ्लेले पनि हजार सपनाको सार्वजनिक युगकवि सिद्धिचरणको सालिकमा गएर गरेको बताएका छन्।
Friday, February 26, 2016
कुमार काफ्लेको हजार सपना सार्वजनिक
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment