Thursday, February 4, 2016

अपाङ्ग विद्यार्थीलाई कम्बल

इटहरी, २१ माघ । रोटरी क्लब अफ इटहरीले रामधुनीभासी नगरपालिकाको सिँगियामा रहेको जनता उच्च माविको आवासीय अध्ययनमा रहेका तथा अपाङ्गता भएका १८ जना विद्यार्थीलाई आज एक÷एक थान कम्बल वितरण गरेको छ ।

कम्बल इटहरीमा रहेको क्लोथ हाउसका सञ्चालक नारायण राठीले उपलब्ध गराउनुभएको हो ।

अपाङ्गता भएका विद्यार्थीलाई कम्बलसँगै एक थान टेलिभिजन सेट पनि उपलब्ध गराइएको रोटरी क्लब अफ इटहरीका अध्यक्ष गोविन्द सोनीले जानकारी दिनुभयो ।

यसैगरी, सोही संस्थाले इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका २० वटा उच्च मावि तथा माविलाई मानव हितका विषयमा अङ्कित चारसूत्रीय मन्त्र लेखिएको पात्रोसमेत वितरण गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...