Thursday, February 4, 2016

पाँचथरमा हात्तीपाइले रोग सङ्क्रमितको सङ्ख्यामा वृद्धि

hattiपाँचथर, २१ माघ । जिल्लामा हात्तीपाइले रोग सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।

केही वर्षअघिसम्म दुई चारजनामा फाट्टफुट्ट सङ्क्रमण देखिए पनि अहिले भने जिल्लामा ८० जना हात्तीपाइले रोगका सङ्क्रमित रहेको भेटिएको छ ।

स्वास्थ्य जाँचका क्रममा उनीहरुमा हात्तीपाइले रोगका सङ्क्रमित रहेको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पोथी लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगबाट बच्न औषधि पनि खुवाइँदै आएको हात्तीपाइले रोग कार्यक्रमका सम्पर्क व्यक्ति उमेश मेहताले बताउनुभयो ।

उहाँका अनुहार सङ्क्रमितमा स्तन, गुप्ताङ र अण्डकोष सुन्निएको समस्या देखिएको छ । अहिले जिल्लामा हात्तीपाइले रोगसम्बन्धी सरोकारवाला निकायसँग छलफल, अन्तक्र्रिया तथा सचेतनामूलक कार्यक्रम गरिँदै आएको मेहताले भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...