Saturday, February 27, 2016

वर्थिङ गृह निर्माणका लागि जग्गादान

जाजरकोट, १६ फागुन । वर्थिङ गृह निर्माणका लागि यहाँका एक स्थानीयले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

जिल्लाको रग्दा गाविसको चौखामा वथिङ गृह निर्माणका लागि स्थानीय वीरबहादुर मल्लले चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । सो जग्गामा वर्थिङ गृह सामुदायिक विकास कार्यक्रम (सिडिपी) ले निर्माण गर्ने बताएको छ ।

जग्गा र आर्थिक अभावमा वर्थिङ सेन्टर नहँुदा यस क्षेत्रका महिलालाई सुरक्षित सुत्केरी हुने कार्यमा बाधा पुग्दै आएको थियो ।

अब निःशुल्क उपलब्ध भएको ठाउँमा वथिङ सेन्टर निर्माणमा छिट्टै जुट्ने अधिकारकर्मी दिनेश चौधरीले बताउनु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...