Saturday, February 27, 2016

गजलमाला पुरस्कार प्याकुरेललाई

12800408_927401477356718_8906207810156766113_nपथरी (मोरङ), १६ फागुन । उर्लाबारी गजल मञ्चले २०७१ को ‘गजल माला पुरस्कार’ बाट यस वर्ष धादिङकी गजलकार सीता प्याकुरेललाई पुरस्कृत गरेको छ ।

मञ्चले शनिबार बेलुका एक कार्यक्रमको आयोजना गरी नगद रु पाँच हजारसहित प्याकुरेललाई पुरस्कृत गरेको हो ।

उर्लाबारीमा आयोजित पुरस्कार वितरण तथा रचना कार्यक्रममा डा घनश्याम न्यौपाने परिश्रमीले प्याकुरेललाई नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा पूर्वाञ्चल भरिका ५० जनाभन्दा बढी साहित्यकारको उपस्थिति रहेको कार्यक्रममा स्रष्टाले रचना वाचन गरेर सुनाउनुभएको थियो । यसअघि उक्त पुरस्कारबाट ०६५ मा प्रतिभा प्रक्षिप्त, ०६६ मा नवीन प्राचीन, ०६७ मा राज दिलाञ्जली, ०६८ मा सुशीला भट्ट, ०६९ मा रहस्यविक्रम चिमरीया र ०७० मा विराट अनुपम पुरस्कृत भइसक्नुभएको छ । उर्लाबारी गजल मञ्चको अभियान नयाँ स्रष्टाको पहिचान भन्ने नाराका साथ गजल मञ्चले बर्सेनि गजल विधामा कलम चलाउने तर पुस्तक भने प्रकाशन नगरेका गजलकारलाई सम्मान गर्दै आएको अध्यक्ष युवराज काफ्लेले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...