Sunday, February 21, 2016

कोइरालाको अस्तु महाकाली नदीमा विसर्जन

sushil koirala

भीमदत्तनगर, ९ फागुन । नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको अस्तु महाकाली नदीमा विसर्जन गरिएको छ ।

पूर्वप्रधानमन्त्री कोइरालाको १३ औँ दिनको पुण्यतिथिमा अवसर पारेर अाइतबार महाकाली नदीको भुजेला घाटमा अस्तु विसर्जन गरिएको हो।

कांग्रेस कञ्चनपुरका पार्टी सभापति एवम् सांसद बहादुरसिंह थापाले काठमाडौँबाट ल्याइएको पूर्वप्रधानमन्त्री कोइरालाको अस्तु कञ्चनपुरको भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा विसर्जन गरेका हुन्।

सो अवसरमा पार्टी सचिव भोजराज बोहरालगायत जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता थियो। रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...