Sunday, February 21, 2016

म कुनै सपिङ लिस्ट लिएर दिल्ली आएको थिइनँ : ओली

ek
नयाँदिल्ली, ९ फागुन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यो भ्रमणबाट पूर्ण सन्तुष्ट रहेको बताएका छन् । उनले आफू आउनुअघि जुन प्रक्रियाबाट भारतसँग रहेको असमझदारी हटाउन थालिएको थयो त्यो सबै हटेको आफूले ठानेको पनि बताए ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मेरो एकमात्र उद्देश्य दुई देशबीच केही महिनायता रहेको असहज र असमझलाई स्पष्ट पार्नु थियो, त्यो मैले पार्न सकें ।’
‘म कुनै सपिंग लिस्ट लिएर दिल्ली आएको थिइनँ । यसकारण मैले मागेको अथवा सम्झौता गरेको भन्ने अर्थ नलागोस्,’ उनले भने ।

उनले अब हाम्रो राजनीतिक संघर्षको युग सकिएको र आर्थिक युगमा प्रवेश गर्नका लागि भारतसँग सहयोग लिनुपर्ने भएकाले आफूले त्यही अनुसार कुरा गरेको पनि बताए ।

असन्तुष्टि र आन्दोलनका बारे गरिएको प्रश्नमा उनले भने, ‘नेपालको संविधानमा ‘राइट अफ सिटिङ टु इटिङ’सम्मका ३१ प्रकारका आधारभूत अधिकारहरु दिइएको छ, केही समूह केही पक्षको असन्तुष्टि संवोधन गर्न हामी अहिले पनि तत्पर छौं । मैले भारतलाई हामी पनि संवाद र सहमतिकै पक्षमा छौं भनेको छु ।’

कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्रीको भारत भ्रमण पूर्णरुपमा सफल रहेको बताएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...