वरिष्ठ पाइलट रोशन मानन्धर
काठमाडौं, १२ फागुन । पोखराबाट जोमसोमका लागि उडेको तार एयरको ९ एन ए एचएच कल साइन विमान म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । विमानमा सवार सबै यात्रुको मृत्यु भएको पर्यटनमन्त्री आनन्द पोखरेलले जानकारी दिए । विमानमा २३ जना सवार थिए । जहाज पुरै जलेको र शवहरु पनि यत्रतत्र छरिएका अवस्थामा फेला परेको म्याग्दी प्रहरीका डिएसपी विश्वराज खड्काले बताए ।
यी हुन् जहाज उडाउने पाइलट उक्त विमानलाई वरिष्ठ पाइलट रोशन मानन्धरले उडाएका थिए । तारा एयरका अनुभवी पाइलट मानन्धर पुराना पाइलट पनि हुन् । उनी करिब एक दशक बढी समयदेखि जहाज उडाउँदै आएका थिए । जहाज उडाउनुअघि वरिष्ठ पाइलट मानन्धरले अन्तिम पटक ‘फेरि भेटौला गुड डे’ भनेका थिए । यो रेकर्ड पोखरामा विमानस्थलमा भएको थियो । विमानस्थलको राडारले अन्तिम रेकर्ड गरेको उनको सन्देशमा उनले शुभ दिन फेरि भेटौंला भनेका थिए ।
पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार पाइलटले पोखरा विमानस्थलको टावरसँग फेरि भेटौंला, गुड डे भन्दै अन्तिम कुराकानी भएको थियो । त्यसपछि जोमसोम टावरसँग पनि कुनै कुराकानी नभएको बताइएको छ । बिहान ७ बजेर ५७ मिनेटमा उडेको तारा एयरको विमान ८ बजेर १० मिनेटपछि सम्पर्क भएको थियो । पोखराबाट जोमसोम पुग्न १८ मिनेट लाग्छ ।
यो विमान १३ मिनेटपछि सम्पर्कविहिन भएको थियो ।
को-को थिए जहाजमा ?
विमानमा चालक दलका तीन, दुई बालबालिकाहरु सहित १८ नेपाली र दुई विदेशी नागरिक सवार थिए । सबैको मृत्यु भइसकेको पर्यटनमन्त्री पोखरेलले पुष्टि गरिसकेका छन् । १) रोशन मानन्धर (पाइलट) २) विकेश नेम्पुङ (को-पाइलट) ३) रमा राउत (परिचारिका)
यात्रुहरुः
रलरसीद अहमद रेवती बराल मुक्तिनाथ बास्तोला विनिता भट्टचन कृण्णालाल भट्टचन दिलकुमारो गौचन देवीजंग गुरूङ फेन्जोक गुरूङ लक्ष्मी हिराचन मोती ब. केसी पवित्र केसी लेप्साडं लामा बालकृण्ण निउरे कान्छा परियार डोल्माछिरिडं शेर्पा राजकुमार तामाङ कमला थकाली म्याक्सु वाइन्जी
No comments:
Post a Comment