Wednesday, February 24, 2016

अभिव्यक्ति पत्रिकाको अमेरिका विशेषाँक प्रकाशित हुने

Av

२४ फरवरी , वाशिंटन डिसी,

विगत ४५ वर्षदेखि प्रकाशन भैरहेको दुई महिने साहित्यिक पत्रिका अभिव्यक्तिको आगामि १८३औं ( असार साउन ) अँक अमेरिका विशेषाँकको रुपमा प्रकाशित गर्ने निर्णय गरेको छ । यस विशेषाँकमा अमेरिकामा रहेर सिर्जनारत साहित्यकारहरुको प्रवासी भावनाका सवै विधाका रचनाहरु समावेश हुनेछन् । प्रधान सम्पादक नगेन्द्रराज शर्मा तथा सम्पादकहरु प्रणयराज घिमिरे र ओपलराज घिमिरे रहनु भएको यस पत्रिकाको अमेरिका विशेषाँकको लागि गोवर्धन पूजा(वोष्टन), सहदेव पौडेल (न्यूयोर्क), नीलम कार्की निहारिका(नर्थ क्यारोलाइना), कृष्ण श्रेष्ठ(फ्लोरिडा), ज्ञानेन्द्र गदाल(कोलोराडो), आविष्कार भारती(विस्कानशीन)तथा ध्रुव थापा (क्यालिफोर्निया) सहितको अतिथि सम्पादक मण्डल गठन गरिएको छ र अतिथि सम्पादक मण्डलको सँयोजक गोविन्द गिरी प्रेरणा रहनु भएको छ ।
स्मरणीय छ, अमेरिकामा नेपाली साहित्यकारहरुको वाक्लो उपस्थिति छ र यस प्रकारको विशेषाँक प्रकाशनले अमेरिकामा रहेका रचनाहरुको सामुहिक प्रस्तुति नेपाली पाठकहरुले एकसाथ पाउने अपेक्षा गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...