Wednesday, February 3, 2016

“फेरि भेट हुन्छ हुन्न !”

गौतम उदय

फेरि भेट हुन्छ हुन्न हाम्रो

थाहा छैन भविष्यको

मात्र तिर्सनाले पनि तिम्रो

मेटिन्छ प्यास यो मेरो दिलको

मेटिन्छ प्यास यो मेरो दिलको |

तिम्रै सम्झनाले रंगाउँछु

हरेक दिनका यात्रा मेरा

तिम्रै कल्पनाले सजाउँछु

यो मनका सपना सारा

घुम्छन् अनेक पलहरु यहाँ

तिमीसंगै रमाएका

असंख्य छन् रातहरु यहाँ

तिमी आई ब्युँझाएका

तिमी आई ब्युँझाएका |

कैंयौं वर्ष बिते तर

सम्झना तिम्रो कति प्यारो छ

कल्पना मीठो तर

तिर्सनामा जिउन अति गाह्रो छ

रहर मेरो केवल एउटा

यात्रा गर्ने तिमीसंगै

तर डर भो यो जुनी बित्ने

भेटै नभई फेरि कतै

भेटै नभई फेरि कतै |

——- समाप्त——

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...