Wednesday, February 3, 2016

Elixir for Kids ’’किशोर किशोरीलाई अमृत”- सबैले एक पटक पढ्नु पर्ने पुस्तक

Elixir for Kids
कुनै पदार्थ सेवन गर्नाले आफू वा सार्वजनिक रूपमा अरूलाई पनि असर गर्दछ भने त्यसलाई लागु पदार्थ दुरुपयोगको रूपमा चिनिन्छ । विश्वमा लागु पदार्थको कुलतमा लागेर बर्सेनि लाखौँ मानिसहरूको ज्यान गइरहेको छ भने करोडौं मानिसहरूले आफ्नो जीवन बर्बाद गरिरहेकाछन ।
लागु पदार्थको अवैध कार्यबाट हजारौँ विलियन डलर कुलतमा खर्च भएर हामीले शिक्षामा खर्च गरी सुनौलो भविष्य निर्माण गर्न सकिने रकम लागूऔषध वा यसका प्रयोगबाट निम्तिएका समस्या निराकरणका लागि खर्च गरिरहनु परेको छ ।
आमाबाबुले आफ्नो सन्तानको उज्ज्वल भविष्यको कल्पना सहित अहोरात्र मिहेनत गरिरहेका तथा आधा खाएर भए पनि आफ्नो सन्तान प्रति आफूलाई समर्पण गरिरहेका हुन्छन् । तर, आफ्ना छोराछोरीको सुनौलो भविष्यको कल्पना गरेका बाबु आमाको मन कति रुन्छ होला जब उनका छोरा छोरी कलिलो उमेरमा लागूऔषधको कुलतमा फसेर अमूल्य जीवनलाई खेर फालीरहेका हुन्छन् । किताबमा यस्ता मर्मस्पर्शी घटनाहरु सबैको मनछुने ढंगमा प्रस्तुत गरिएकाछन ।
लेखक लक्ष्मण गड्तौला सदैव आफ्नो आँखा अगाडी दैनिकीको रूपमा यस्तो घटना देख्दा आफ्नो मन ज्यादा रोएको तर मैले उनीहरूलाई केही भन्न सकिन, किन भने प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रताको दुरुपयोग गर्न बानी परेका त्यस्ता युवा युवतीको भौतिक आक्रमणको डरले मैले केही गर्न सकिन भनी आफ्नो अनुभव सुनाउनु हुन्छ । आफ्नो कुरा अगाडी राख्दै लेखक भन्नुहुन्छ “नबिग्रनु पर्ने तिनीहरू बिग्रिएको त्यो समस्या मेरो पहुँचमा छैन । तर त्यस्तो कुलतमा नफसेका बाँकी किशोर किशोरीहरुलाई केही हदसम्म भए पनि कुलतबाट जोगाउन केही सहयोग हुन्छ कि भनेर आफूले आँखा अगाडी देखेका डर लाग्दा समस्याहरुलाई कथाको रूपमा यो किताब लेखेको छु ।“
किताबमा सबै घटनाहरूलाई यथार्थपरक ढङ्गमा सबैलाई शिक्षा मिल्ने हिसाबले प्रस्तुत गरिएको छ, यो किताब तपाईँ हामी आफू र हाम्रा नानीहरुले समेत एकपटक पढ्नै पर्ने खालको छ । पुस्तकले किशोर किशोरीहरुलाई लागूऔषधको कुलतबाट आफ्नो जीवनमा के कस्ता समस्याहरू आइपर्छन, आफ्नो भविष्य कसरी हेर्दा हेर्दै बर्बाद भएर जान्छ भनी बुझ्न सहयोग पुरयाउनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...