काठमाडौं, १४ फागुन । नेपालगञ्जबाट जुम्ला जानेक्रममा शुक्रबार कालिकोटमा भएको काष्ठमण्डप एयरको जहाज दुर्घटनामा निधन भएका को-पाइलट सन्तोष राना नेकपा एमालेका नेता एवं छोरापूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाको छोरा भएको खुलेको छ ।
कान्छा छोरा सन्तोषले फिलिपिन्सबाट पाइलट कोर्श गरेका थिए । रानाले अमेरिकामा तालिम लिएर २०७१ सालमा उडानको लाइसेन्स लिएका थिए । २०७२ साल बैशाखदेखि उनी काष्ठमाण्डप एयरमा कार्यरत थिए । २७ वर्षीय अविवाहित रानाको घर पाल्पा हो ।
पूर्वमन्त्री रानाका जेठा छोरा भने ब्रिटिस लाहुरेमा कार्यरत छन् । रानाले जहाज दुर्घटनाबारे संचारमाध्यममा समाचार आएपछि थाहा पाएको बताएका छन् ।
राना दुर्घटनापछि नेपालगंज नै प्रस्थान गरेका छन् । जहाज दुर्घटनामा डोल्पा द्दर भएका पाइलट दिनेश न्यौपानेको पनि मृत्यु भएको छ ।
No comments:
Post a Comment