Friday, February 26, 2016

पूर्वका इन्जिनियरिङ विद्यार्थीको विज्ञान प्रदर्शनी

इटहरी, १४ फागुन । मुलुक सङ्घीय प्रान्तमा गइसकेको अवस्थामा सोहीअनुरुपको सन्देश प्रवाह गरी शिक्षा क्षेत्रमा पूर्वी नेपाल अर्थात् प्रदेश नं १ सक्षम छ भन्ने सञ्चार प्रवाह गर्ने उद्देश्यले विहिबारदेखि धरानको तीनकुनेमा रहेको पूर्वाञ्चल इन्जिनियरिङ कलेजमा दुईदिने विज्ञान प्रदर्शनी मेला शुभारम्भ गरिएको छ ।

विज्ञान प्रविधिका विषयमा ज्ञान लिनका लागि राजधानी काठमाडाँै नै जानुपर्छ भन्ने गलत धारणा हो, पूर्वकै सुनसरी, मोरङ, झापालगायतका जिल्लामा पनि अब विज्ञान प्रविधि र विज्ञानसँग सम्बद्ध विषयहरुको गहन अध्ययन अध्यापन हुन्छ है भनेर विद्यार्थीलाई विशेष ज्ञान दिनका लागि विज्ञान प्रदर्शनीको आयोजना गरिएको कार्यक्रम संयोजक अनुभव पोख्रेलले बताउनुभएको छ ।

तराईका तीन जिल्लालाई विशेष मध्यनजरमा राखेर आयोजना गरिएको विज्ञान प्रदर्शनीमा दुईदिनमा कम्तीमा १५ हजारभन्दा बढी विद्यार्थीलाई विज्ञानसँग सम्बन्धित नयाँ खोज अनुसन्धान तथा आविष्कारका विषयमा गहिरो अध्ययन अध्यापनसँगै ती वस्तुका विषयमा जानकारी दिनु मेलाको प्रमुख उद्देश्य रहेको पनि कार्यक्रम संयोजक पोख्रेलले बताउनुभएको छ ।

सुनसरी जिल्लामा रहेको पूर्वाञ्चल इन्जिनियरिङ कलेज, हात्तीसार कलेज, नाष्ट कलेज तथा विराटनगरमा रहेको इष्टर्न इन्जिनियरिङ कलेज तथा विज्ञान विषयको अध्ययन हुने उच्च माविका विद्यार्थीले तयार पारेका विज्ञानसँग सम्बन्धित अनुसन्धान, खोज र आविष्कारका विषयमा विद्यार्थीलाई जानकारी गराएर उच्च शिक्षा लिनका लागि पूर्वका कलेजहरु नै सक्षम छन् है भन्ने चेतना फैलाउनु नै यसको मुख्य उद्देश्य रहेको भनिएको छ ।

प्राविधिक विद्यार्थी सङ्गठनको सक्रियतामा आयोजना भएको विज्ञान प्रदर्शनी समारोहमा इन्जिनियरिङ कलेजहरु, उच्च मावि र सम्बन्धित कन्सल्टेन्सीले विज्ञानका विषयमा दिँदै आएको शैक्षिक सेवा र अनुसन्धान गरिएका विषयवस्तु गरी ७० वटा कक्ष कार्यक्रम प्रदर्शनी समारोहमा राखिएको अध्यक्ष लास्कीबाबु आचार्यले जानकारी दिनुभयो ।

पूर्वाञ्चल इन्जिनियरिङ कलेज, धरान उपमहानगरपालिका र अरु विभिन्न कन्सल्टेन्सीसमेतको सक्रिय सहयोगमा आयोजना भएको सो विज्ञान प्रदर्शनी समारोहको उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष किशोर प्रधानले उद्घाटन गर्नुहुँदै प्रदर्शनीले विद्यार्थीलाई विज्ञानले गर्न सक्ने आविष्कारका विषयमा दक्षता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा पूर्वाञ्चल इन्जिनियरिङ कलेका प्रमुख जीतेन्द्र चौधरीले पनि बोल्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...