Tuesday, February 23, 2016

मेसु डा भूर्तेल विरुद्ध मुद्दा दायर

काठमाडौँ, ११ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतकालमा कार्यरत मेडिकल सुपरिटेण्डेन्ट डा केशवराज भूर्तेलले गैरकानुनी रुपमा रु दुई करोड ६३ लाख ५२ हजार ६६८ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार डा भूर्तेलले अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग असुल उपर गरी कच्ची भवन बनाएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा नाजायज फाइदा लिएको, कलेजको जग्गा भाडामा दिई आफूलाई गैरकानुनी रुपमा फाइदा र अस्पताललाई हानी नोक्सानी पु¥याएको पाइएकाले मुद्दा दायर गरिएको हो ।

डा भूर्तेलले आफ्नै सेयर रहेको मौलाकालिका अस्पतालमा पाठेघरको शल्यक्रिया गर्दा गैरकानुनी रुपमा रकम असुल गरेकोलगायत कार्य गरी अकूत सम्पत्ति आर्जन गरी भरतपुर नगरपालिका–११ मा रु ६७ लाखमा बङ्गला खरिद गरेको अनुसन्धानबाट खुलेको छ ।

गैरकानुनी रुपमा आर्जन गरेको रकमबाट काठमाडौँमा समेत बङ्गला बनाएको, नवलपरासीको गैँडाकोटमा समेत चलअचल सम्पत्ति जोडेको पाइएको दाबी आयोगले गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...