Tuesday, February 23, 2016

पुलिस सेमिफाइनलमा

football_super_final_pic_final72159पथरी (मोरङ), ११ फागुन । मनाङ मस्याङदी क्लब काठमाडौँलाई पेनाल्टी सुट आउटमा ३–२ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्बल विराटनगरमा जारी चौथो विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटको खेल एक/एक गोलको बराबरीमा रोकिएपछि २० मिनेट थप गरिएको थियो तर थप गरिएको समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउमा पुगेको थियो ।

सत्तरीऔँ मिनेटमा जुमानु राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाए पनि मनाङका सुजल श्रेष्ठले खेल सकिन दुई मिनेट बाँकी हुँदा गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए ।

पेनाल्टी सुट आउटमा पुलिसका तर्फबाट जुमानु राई, भरत साह, हेम तामाङले गोल गरेका थिए भने भोला सिलवालको प्रहार बाहिरिएको थियो । मनाङका तर्फबाट सुजल श्रेष्ठ र मौसाले गोल गरे पनि अनिल गुरुङ र सिसोको प्रहार पुलिसका गोल किपर रोशन खड्काले बचाएका थिए ।

भोलिको पहिलो सेमिफाइनल खेल गत वर्षको विजेता रमपम झापा ११ र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...