Tuesday, February 23, 2016

एक क्विन्टल चरेस पक्राउ

Charesवीरगन्ज, ११ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले भौंराटार गाविसबाट एक क्विन्टल चरेससहित सिन्धुपाल्चोक गाती गाविसका तुलाराम तामाङलाई सोमबार राती पक्राउ गरेको छ ।

पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले दिनुभएको जानकारी अनुसार तामाङ वा.५च. ५०४ नम्बरको पिकअप भ्यानका चालक रहेका थिए । तामाङलाई आज यहाँ प्रहरीले सार्वजानिक गरेको थियो ।

गोप्य सूचनाको प्रहरीको गस्ती टोलीले जिल्लाको भौराटार भएर भारततर्फ लैजान लगिरहेको अवस्थामा उक्त परिमाणको चरेससहित ढुवानीमा प्रयोग भएको भ्यान र चालक पक्राउ गरेको थियो ।

पक्राउ परेका चालक तामाङबाट रु ५० हजार नगदसमेत बरामद गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...