Sunday, February 21, 2016

जनसम्पर्क समितिले छान्यो महाधिवेशन प्रतिनिधि

IMG_7324-800x600न्यूयोर्क,अमेरिका,फेब्रुअरी २१ | लामो समयको छलफल र आन्तरिक परामर्शपछि नेपाली जनसम्पर्क समिति,अमेरिकाले नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि सात जना महाधिवेशन प्रतिनिधि र तीन जना महासमिति सदस्य सर्वसम्मत रुपमा छानेको छ | प्रतिनिधि चयनका लागि गठित पाँच सदस्यीय समितिका सदस्य एवं नेपाली जनसम्पर्क समिति,अमेरिकाका उप सभापति केशब बरालका अनुसार समितिका पाँचै सदस्यहरुको प्रत्यक्ष उपस्थितिमा शुक्रवार बसेको बैठकले सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरी नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पठाएको छ |

 को को परे प्रतिनिधि ? 

अमेरिकाबाट छानिएका सात जना महाधिवेशन प्रतिनिधिहरुमा सभापति आनन्द विष्टसहित पूर्व संयोजक विष्णु सुबेदी,समितिका संगठन विभाग प्रमूख समेत रहेका केन्द्रीय सदस्य वेदप्रसाद खरेल,सल्लाहकार मध्येका विद्यासागर योञ्जन, केन्द्रीय सदस्यद्वय माया कडायत र प्रमोद सिटौला र समितिका पूर्व केन्द्रीय सदस्य हेमराज भट्ट चयन भएका छन् | यसैगरी तीन जना महासमिति सदस्यमा सभापति विष्टसहित पूर्व संयोजक एवं समितिका केन्द्रीय सदस्य सुवेदी र संगठन विभाग प्रमूख केन्द्रीय सदस्य वेदप्रसाद खरेल चयन भएका छन् | विष्ट र खरेल १२ औं महाधिवेशनका पनि महाधिवेशन प्रतिनिधिसहित महासमिति सदस्य हुन् | 

यसैबीच समितिका सभापति आनन्द विष्टले समितिको फेसबुक पेजमार्फत् एक संदेश सार्वजनिक गर्दै आकांक्षी सबैलाई समेट्न नसकेको तर समितिले सबै पक्षसँग परामर्श र छलफल गरी सर्वसम्मत रुपमा यसरी प्रतिनिधि चयन गरिएको उल्लेख गरेका छन् | विष्टले भनेका छन्,-‘लामो योगदान गर्नु भएका र समितिमा निरन्तर क्रियाशील रहनु भएका धेरै साथीहरुले यो ऐतिहासिक महाधिवेशनमा प्रतिनिधि बनेर जानका लागि इच्छा जाहेर गर्नु राजनीतिक रुपमा स्वाभाविक नै हो | तर हाम्रो सात जनाको संख्याका सिमितता,एकता र सहकार्यको समन्वय,भौगोलिक परिस्थिति जस्ता कारणहरुले गर्दा सबै साथीहरुको चाहनालाई सम्बोधन गर्न नसकेको बारे साथीहरु जानकार नै हुनुहुन्छ भन्ने पूर्ण विश्वास छ |

अधिकतम साथीहरुको इच्छा र चासोको सम्मान गर्दै हामीले सर्वसम्मत रुपमा गरेको यो निर्णयका बारे साथीहरुले समझदारी कायम गर्दै संगठनको हितका लागि जुन समर्पण र त्याग गरिदिनु भएको छ त्यसको म संगठन प्रमूखको नाताले यहाँहरु सबैको उच्च कदर गर्दछु |’

ग्लोब नेपाल डट कमलाई प्राप्त सार्वजनिक विज्ञप्ति जस्ताको तस्तै:

साथीहरु,

जय नेपाल |

मातृपार्टी नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा प्रतिनिधि चयन गर्ने क्रममा हामीले गरेको निर्णय यसैसाथ संलग्न छ | लामो योगदान गर्नु भएका र समितिमा निरन्तर क्रियाशील रहनु भएका धेरै साथीहरुले यो ऐतिहासिक महाधिवेशनमा प्रतिनिधि बनेर जानका लागि इच्छा जाहेर गर्नु राजनीतिक रुपमा स्वाभाविक नै हो | तर हाम्रो सात जनाको संख्याका सिमितता,एकता र सहकार्यको समन्वय,भौगोलिक परिस्थिति जस्ता कारणहरुले गर्दा सबै साथीहरुको चाहनालाई सम्बोधन गर्न नसकेको बारे साथीहरु जानकार नै हुनुहुन्छ भन्ने पूर्ण विश्वास छ |

अधिकतम साथीहरुको इच्छा र चासोको सम्मान गर्दै हामीले सर्वसम्मत रुपमा गरेको यो निर्णयका बारे साथीहरुले समझदारी कायम गर्दै संगठनको हितका लागि जुन समर्पण र त्याग गरिदिनु भएको छ त्यसको म संगठन प्रमूखको नाताले यहाँहरु सबैको उच्च कदर गर्दछु |

अमेरिकामा रहनु भएका सबै साथीहरुसँग नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी भएर आएपछि पुन: सुख,दु:खमा साथसाथै रहने नै छु |

आनन्द विष्ट

सभापति,नेपाली जनसम्पर्क समिति,अमेरिका |

मिति: फेब्रुअरी २१,२०१६

नेपाली जनसम्पर्क समिति,अमेरिकाबाट नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि प्रतिनिधि र महासमिति सदस्य चयन

नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट २०७२ फागुन ३ गतेका मितिमा प्रेषित पत्र र नेपाली जनसम्पर्क समिति.अमेरिकाको विद्यमान विधानको दफा २३ (एफ) मा उल्लेख भए अनुसार मातृपार्टी नेपाली कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति,अमेरिकाबाट प्रतिनिधित्व गर्ने सात जना महाधिवेशन प्रतिनिधि र सात जना महाधिवेशन प्रतिनिधि मध्येबाट तीन जना महासमिति सदस्य समेत सर्वसम्मत रुपमा चयन गरिएको छ |

महाधिवेशन प्रतिनिधि चयन गर्ने क्रममा गठित समितिले अमेरिकामा रहेका समितिका सबै च्याप्टर सभापतिहरु,केन्द्रीय सल्लाहकारहरु र केन्द्रीय समितिमा पूर्ण प्रजातान्त्रिक प्रक्रिया अनुरुप छलफल र परामर्श गर्ने काम गरेको थियो | यसैगरी अमेरिकामा रहेका नेपाली कांग्रेसप्रति निष्ठावान अन्य अग्रज व्यक्तित्वहरुसंग समेत आन्तरिक छलफल र सर सल्लाह गरी समितिका पाँचै जना सदस्यहरु (संयोजक-आनन्द विष्टसहित सदस्यहरु विष्णु सुवेदी,केशव बराल,मुकुन्द ढुंगाना र हरिनारायण सापकोटा) को प्रत्यक्ष उपस्थितिमा यही फेब्रुअरी १९ तारिख बैठक बसी सर्वसम्मत रुपमा यो निर्णय गरिएको छ |

तपसिल:

१३ औं महाधिवेशनका लागि चयन भएका सात जना प्रतिनिधिहरु:

१. गोरख (आनन्द) विष्ट

२. विष्णु सुवेदी

३. वेदप्रसाद खरेल

४. विद्यासागर योञ्जन

५. माया कडायत

६. हेमराज भट्ट

७. प्रमोद सिटौला

यसैगरी सातजना महाधिवेशन प्रतिनिधि मध्येबाट तपसिल बमोजिमका तीन जनालाई महासमिति सदस्यमा चयन गर्ने निर्णय गरिएको छ |

तपसिल:

१. गोरख (आनन्द) विष्ट

२. विष्णु सुवेदी

३. वेदप्रसाद खरेल

धन्यवाद,

केशब बराल

सदस्य, महाधिवेशन प्रतिनिधि छनौट समिति

एवं उप-सभापति नेपाली जनसम्पर्क समिति,अमेरिका

ग्लोव नेपाल बाट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...