Thursday, February 4, 2016

फिफा वरियतामा नेपाल आठस्थान माथि

काठमाडौँ, २१ माघ । यसै महिना बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाल फिफा वरियतामा आठस्थान माथि उक्लेको छ ।

फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल १८८ औँ स्थानमा रहँदै आठस्थान माथि उक्लेको हो । यसअघि नेपाल १९६ औँ स्थानमा थियो । त्यसैगरी, दक्षिण एसियाली राष्ट्रमा नेपालले श्रीलङ्का र भुटानलाई भने पछाडि पारेको छ ।

श्रीलङ्का एकस्थान तल झर्दै १८९ औैँ स्थानमा छ भने समान एकस्थान तल झरेको भुटान १९३ औँ स्थानमा छ ।

दक्षिण एसियामा शीर्ष स्थानमा रहेको अफगानिस्तान १५४औं स्थानमा छ भने माल्दिभ्स १५७औँ, भारत १६२औँ, बङ्गलादेश १७७औँ र पाकिस्तान १८५औँ स्थानमा छन् ।

फिफा बरियताको शीर्षस्थानमा भने बेल्जियम यथास्थानमा छ भने अर्जेन्टिना, स्पेन, जर्मनी क्रमशः दोस्रो तेस्रो र चौथो स्थानमा छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...