प्रेस विज्ञप्ति
मिति: जववरी २, २०१६
नेपाल अमेरिका पत्रकार संघ, नेजाको आगामी मे ७ र ८ मा हुने नेजाको पाँचौ अधिवेसनलाई लक्षित गरि सदस्यता वितरण एवं नविकरण कार्यक्रम न्युयोर्कमा आयोजना गरियो । हिजो मंगलबार ज्याक्सन हाईट स्थित थकाली किचनमा आयोजित उक्त कार्यक्रममा उपश्थित पत्रकारहरुलाई सदस्यता फर्म वितरण गरिएको थियो । नेजाका महासचिव समेत रहेका सदस्यता वितरण छनौट समितिका संयोजक भोला आचार्यले कार्यक्रममा उपश्थित पत्रकारहरुलाई स्वागत गर्दै नयाँ सदस्यता लिन र नविकरणमा सहभागि भईदिन आग्रह गरेका थिए ।
सो कार्यक्रममा नेजाका सल्लाहकार समेत रहेका निवर्तमान अध्यक्ष आडछिरिड शेर्पाले नेजा उत्तरअमेरिकामा रहेका नेपाली पत्रकारहरुको साझा संस्था भएको वताउदै पेशाकर्मीहरुको हितका लागि संगठनको आवश्यकता भएको वताए ।
नेजाका क्षेत्रिय उपाध्यक्ष भुपेन्द्र थापाले संगठित भएर पेशामा लाग्दा मिडियाकर्मी र समाज दुवैको हित हुने कुरामा जोडदिए । कार्यक्रममा कार्यकारी सदस्य तेम्वादोडवा हेल्मोले नेजा आफैमा पत्रकारहरुको गौरव भएकोले यसको विकास र विस्तारमा लाग्न सवैलाई आग्रह गरे । नेजाका पूर्व पदाधिकारीहरु चन्द्र खतिवडा, गिता पन्त लगायत दर्जनवढि पत्रकारहरुको उपश्थिति रहेको थियो ।
नेजाको विधान अनुसार अधिवेशनको एक महिना पहिले नै सदस्यता लिईसकेको,नवीकरण गरिसकेको र सदस्यता शुल्क तिरिसकेको सदस्यले मात्र आफ्नो मताधिकार प्रयोग गर्न,उम्मेदवार बन्न वा समर्थक,प्रस्तावक बस्न पाउनेछ । नयाँ सदस्यताको लागि मिडियामा प्रकाशित एवं प्रसारित दुई वटा समाचार सामाग्री तथा लेखसहित आफ्नो विवरण खुलाएर सदस्यता आवेदन दिन सकिने छ । नयाँ सदस्यता लिन तथा नविकरणको लागि संस्थाको वेभसाईट http://bit.ly/1Q1pXu8 मार्फत् पनि अनुरोध गर्न सकिने छ । ।
नेजाको सदस्यता शुल्क नविकरण शुल्क : ५० डलर नयाँ सदस्य : ५० डलर ( दुई वर्षका लागि ) नयाँ सदस्यता तथा नविकरणवापत लाग्ने शुल्क हाम्रो पे पाल एकाउन्ट http://bit.ly/1TSeexk मार्फत तिर्न सकिने छ ।
भोला आाचार्य
महासचिव, नेजा
—
No comments:
Post a Comment