Thursday, February 25, 2016

कोशीहरैचा केवीआरयू कन्दङ्वा मेमोरियल गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश

उर्लाबारी,फागुन १३
भूटानको फ्रेण्डस क्लवलाई टाइव्रेकरमा ४–२ गोलले पाखा लगाउँदै रुपन्देही –११ मोरङको कोशीहरैचामा जारी चौथो पिएओ कोशीहरैचा केवीआरयू कन्दङ्वा मेमोरियल गोल्डकप फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटको खेल पनि गोल रहित बराबरीमा टुङ्गीएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको हो । टाइबे्रकरमा रुपन्देहीले ४ वटै प्रहार गोलमा परिणत गरेको थियो भने भूटानका दुई वटा प्रहार मात्र गोलमा परिणत भएका थिए । रुपन्देहीका तर्फबाट कालु थापा,पिटर,दोना थापा र अनील गुरुङले गोल गरेका थिए । भूटानका वर्तमान राई र मौसाले वललाई जालीको निसाना दिएका थिए । भूटानका तर्फबाट पहिलो प्रहार गरेका सेसिओको प्रहार रुपन्देहीका गोल रक्षक दिलिप क्षेत्रीले असफल बनाएका थिए भने छिरिङको प्रहार गोल पोष्ट माथिबाट बाहिरिएको थियो ।
कोशीहरैचाको इन्द्रपुर रंगशालामा भएको प्रतियोगितामा खेलको सुरु देखि नै दवै टिमले गोल गर्ने राम्रा अवसर निकाले पनि गोल गर्न चुकेका थिए । आजको खेलमा रुपन्देही –११ कालु थापा मेन अफ द म्याच घोषित भए ।
शुक्रबार ससस्त्र प्रहरी वलको एपीएफ र भारत को दाजिर्लिङ–११ वीच तेस्रो क्वाटर फाइनल खेल हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...