Thursday, February 25, 2016

अब द्विपक्षीय सम्बन्ध मजबुत बन्ने विश्वास: मन्त्री खरेल

Agni-Kharelदमक, १३ फागुन । कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अग्नी खरेलले नेपाल भारतबीचको असमझारी प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणवाट समाप्त भएको बताउनुभएको छ ।

आज बिहान झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्री ओलीको भ्रमण सफल भएको भन्दै अब द्विपक्षीय सम्बन्ध मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

‘ प्रधानमन्त्री ओलीको भ्रमणलाई भारतीय सरकारले उच्च प्राथमिकता दिनुले पनि भ्रमण फलदायी बन्यो’ उहाँले भन्नुभयो,–‘ अब हिजोको जस्तो असहज स्थिति आउने छैन् ।’ नेपालको सार्वभौम अधिकारलाई विभिन्न बहानामा छिमेकी मुलुकले प्रभावित गर्ने गरेकाले त्यस्तो हुन नदिन राष्ट्रवादी शक्ति बीचको एकता सधैँ आवश्यक भएको उहाँको भनाइ थियो ।

मन्त्री खरेलले मुलुकलाई अब राजनीतिक परिवर्तनसँगै आर्थिक रुपान्तरणको दिशामा अगाडि बढाउन दलीय एकताको खाँचो रहेको औँल्याउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...