Saturday, February 27, 2016

गैरआवासीय नेपाली ताराः गायनमा कृष्ण बिसि र नृत्यमा अन्जनाले बाजी मारे

User comments

दोहा । तमु सेवा समाजको संरक्षकत्वमा तमु साँस्कृतिक परिवारद्धारा आयोजित गैर आवासीय नेपाली तारा २०१५ को कार्यक्रमको छैंठौं संस्करण शुक्रवार सम्पन्न भएको छ । दोहाको रिजेन्सी हलमा सम्पन्न फाइनल राउण्डको सो कार्यक्रममा नृत्य विधा तर्फबाट १० जना र गायन विधा तर्फ १० जना वीच प्रतिस्पर्धा भएको थियो । गायन विधा तर्फ आफ्ना ९ जना प्रतिस्पर्धीहरुलाई पछि पारेर कृष्ण विसिले गैर आवासीय नेपाली तारा २०१५ को ताज जित्न सफल भएका छन् भने नृत्य विधा तर्फ अन्जना थोकर तामाङले आफ्ना ९ जना प्रतिस्पर्धीलाई पछारेर बाजी मार्न सफल भएकी छिन् । गायन तर्फका विजेता विसिले प्रशंशापत्र, मेडल सहित रु एक लाख नगद पुरस्कार स्वरुप प्राप्त गरेका छन् भने नृत्य तर्फकी विजेता अन्जनाले प्रशंशापत्र, मेडल सहित रु ८० हजार प्राप्त गरेकी छिन् । त्यस्तै गरी गायन तर्फ द्वितीय हुने मधु लामाले ५० हजार र तृतीय हुने योगेश खड्काले २५ हजार प्राप्त गरेका छन् । नृत्य तर्फका द्वितीय हुने मिना मगरले ४० हजार र तृतीय स्थान हासिल गरेका माइकल चौधरीले २० हजार नगद सहित प्रशंशा पत्र प्राप्त गरेका छन् । नृत्य तर्फका प्रतिस्पर्धीहरुमा युनि ग्रुपका माइकल चौधरी, नेपाली कला केन्द्रका चित्र बहादुर पुरी, नव प्रतिभा साँस्कृतिक समूहका अन्जना तामाङ, तमु प्ये ल्हु संघका इन्द्र गुरुङ, युनि ग्रुपका रोहित विसी, तमु साँस्कृतिक परिवारका मिना मगर, प्रवासी नेपाली साँस्कृतिक परिवारका बद्रि श्रेष्ठ, मितेरी फिल्मस्का पुष्पा बिसी, नेपाल मगर संघका मोहन थापा मगर र ओखलढुंगाका कमल सुनुवार रहेका थिए भने त्यस्तै गरी गायन विधा तर्फका प्रतिस्पर्धीहरुमा मधु लामा, योगेश राई, कृष्ण बिसी, सुवास बिक, रुबिन बिसी, राजकुमार राना, योगेश खड्का, सोम थापा मगर, सन्तोष लामा र हिमाल लुङबा रहेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...