Friday, February 5, 2016

झापामा सात हजारभन्दा बढी कुष्ठरोगी

kustभद्रपुर, २२ माघ । झापा जिल्लामा हालसम्ममा जम्मा सात हजार ६५० जना कुष्ठरोगी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

सोमध्ये सातहजार १४० जनालाई कुष्ठरोगको औषधि खुवाइएको छ ।

कार्यालयबाट प्राप्त जानकारी अनुसार गएको आर्थिक वर्षमा १९६ जना नयाँ कुष्ठरोगी फेला परेका थिए भने सो अवधिमा ३६७ बिरामीको दर्ता भएको थियो ।
कुष्ठरोगबाट झापाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको बताइएको छ ।

यसैगरी, झापा जिल्लामा हाल ९७२ जना अर्बुदरोगी रहेको सोही कार्यालयले जनाएको छ । यो विसं २०६६ देखि २०७३ माघ १४ गते सम्मको तथ्याङ्क हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...