Friday, February 5, 2016

मिर्गौलापीडित जवेगुलाई सहयोग

पाँचथर, २२ माघ । पाँचथर याङ्नाम–६ निवासी मिर्गौलापीडित जुनिता जवेगुको उपचारार्थ लाइन्स क्लब पाँचथरले रु दुई लाख १३ हजार सहयोग गरेको छ ।

क्लबका अध्यक्ष मित्रप्रसाद काफ्लेले बिहीबार फिदिममा आयोजित एक कार्यक्रमबीच उक्त रकम जुनिताका आफन्त कमल जवेगुलाई प्रदान गर्नुभएको थियो ।

दिलबहादुर जवेगुकी २१ वर्षीया छोरी जुनिता छ महिनादेखि मिर्गौलाको समस्याका कारण भक्तपुर क्यान्सर अस्पतालस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचाररत छिन् ।

उनको मिर्गौला फेर्नका निमित्त करिब रु २० लाख लाग्ने परिवारले जनाएका छन् । अहिलेसम्म रु १३ लाख सङ्कलन भइसकेको कार्यक्रममा जानकारी दिइयो ।

घरको आर्थिक अवस्था दयनीय भएपछि स्वदेश तथा परदेशमा रहेका पाँचथर तथा विभिन्न जिल्लाका व्यक्तिको सहयोगमा उक्त रकम सङ्कलन भएको अध्यक्ष काफ्लेले जानकारी दिनुभयो । यसअघि पनि क्लबले उनको उपचारार्थ रु एक लाख १० हजार सहयोग गरिसकेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts