Friday, February 5, 2016

सुनसरीका १२ गाविस बर्डफ्लुको जोखिममा

300px-Sunsari_district_locationइनरुवा, २२ माघ । सुनसरीका १२ वटा गाविस बर्डफ्लुको उच्च जोखिममा रहेको जिल्ला पशुसेवा कार्यालय सुनसरीले जनाएको छ ।

सदरमुकाम इनरुवामा बिहीबार सम्पन्न चोरीपैठारी नियन्त्रण कार्यक्रममा कार्यालय प्रमुख शिवनाथ महतोले सुनसरीका सीमा क्षेत्रसँग जोडिएका १२ वटा गाविसमा बर्डफ्लुको खतरा नरहे पनि सीमा नाकाका कारण १२ गाविस बर्डफ्लुको चपेटामा प्रत्यक्ष पर्न सक्ने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

खुल्ला सीमा नाकाका कारण भारतीय बजारबाट बिनापरीक्षण भित्रिने कुखुराबाट सङ्क्रमण फैलन सक्ने खतरा रहेको बताउँदै महतोले तत्काल भने जिल्लामा बर्डफ्लुको कुनै खतरा नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले कुखुराबाट सङ्क्रमण फैलन सक्ने खतरा रहेको कारण सीमा नाकामा निगरानी बढाउन सीमा क्षेत्रका सुरक्षा निकायसँग आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...