Friday, February 19, 2016

कलबारलाई कर्मवीर सम्मान

वीरगन्ज, ८ फागुन । यस वर्षको बिहारीलाल लाठ कर्मवीर सम्मान समाजसेवी रामदेवप्रसाद कलवारलाई प्रदान गरिएको छ ।

रिलिफ सोसाइटी अफ कमर्सका संस्थापक महासचिव तथा पूर्वअध्यक्ष स्व बिहारीलाल लाठको चौथो वार्षिक पुण्यतिथिका अवसरमा शुक्रबार उहाँलाई सो सम्मान प्रदान गरिएको हो । वीरगन्ज र पर्सा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रको विकास तथा उन्नयनमा उल्लेखनीय योगदान पु¥याएबापत सोसाइटीले उहाँलाई सम्मान गरेको हो ।

समाजसेवी मधु राणाले समाजसेवी कलवारलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको हो । कार्यक्रममा समाजका उद्यमशील महिलालाई स्वरोजगारका लागि राधादेवी बृजलाल ट्रस्टद्वारा प्राप्त ११ वटा सिलाइ मेसिन पनि वितरण गरिएको थियो ।

सो अवसरमा राणाले समाजको अग्रगामी रुपान्तरणका लागि निस्वार्थ सामाजिक सेवाकोे खाँचो रहेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...