Friday, February 19, 2016

“बनाइदिई सस्तो”

0

 

कस्तो सोंचे जिन्दगी यो, भयो आज कस्तो

निष्ठुरीलाई मायाँ दिएँ, बनाइदिई सस्तो

निष्ठुरीलाई मायाँ दिएँ, बनाइदिई सस्तो |

संसारका सारा खुसी, संगै थिए जस्तो लाग्छ

फर्की हेर्दा हरेक पल, सुनौला र प्यारो लाग्छ

बिपना नै भयो आज, सपना हो जस्तो

निष्ठुरीलाई मायाँ दिएँ, बनाइदिई  सस्तो |

कतै मलाई ठेस लागे, उस्को मुटु दुख्यो भन्थी

एकछिन टाढा हुँनुपर्दा, पिरै-पिरले पागल बन्थी

कस्तो मान्छे बद्लिएर, हुँदो रैछ कस्तो

अनमोल जीवन मेरो, बनाइदिई  सस्तो |

———-समाप्त—————-

 

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...