Friday, February 19, 2016

महिला दिवसमा ढाड भाचिएर घाइते भएकीलाई सहयोग

himaa magar

गुल्मी रेसुंगा नगरपालिका–१४ बर्ष ३० कि श्रीमती हिमा तङनामी मगर गत भदौ २४ मा साँझ दाउरा बनाउन रूख चढिछिन । तर उनले टेकेको लाछियो, समाएको हाँगो पनि भाँचिएछ । रुखबाट खसेर ढाड र पेटमा गम्भीर चोट लागेछ । ढाडदेखि तलको शरीर नचल्ने भएको छ । अवस्था चिन्ताजनक छ रे । श्रीमान–श्रीमती नै तानसेन–तम्घास सडकखण्डको उर्लेनीमा ढुङ्गा फोर्न जानु र साँझ त्यसैको ज्यालाबाट चुलो जलाउनु उनीहरूको दैनिकी थियो रे । त्यसैबाट दस बर्षकी छोरी उर्लेनी सहित तीन सन्तानको पालनपोषण गरिरहेका थिए रे । १३ बर्षको छोरो भारतमा काम गर्न गएको छ रे । सम्पत्तिका नाममा चारैतिर बाँसले बारेको सानो झुपडी छ । झुपडीवरिपरि खुर्सानी लगाउने ठाउँसम्म छैन रे । हिमा पीडाले चिच्याइरहन्छिन्, ‘मलाई बचाउनुस्, बचाउनुस् ।’ त्यही चीत्कार सुन्न नसकेर बर्ष ३५ का उनकी श्रीमान कृष्णबहादुर तङनामी मगरले एक महिनाअघि विष सेवन गरेछन् । उनलाई छिमेकीहरूले पाल्पा अस्पताल पुर्याएछन् । उनी त बाँचे तर काम गर्न सक्ने अवस्थामा छैनन् रे । श्रीमती बचाउन नसक्ने देखेपछि श्रीमान भएर बाँच्नुको अर्थ नै देखिनँ । त्यसैले विष खाएँ । तर काल आको रहेनछ । मेरो झन् विजोग भो । अब झन् कसरी बाँच्नु ?’ भनेर कृष्णले हारगुहार गरि रहेका रहेछन ।

मार्च ८ बिश्व महिला दिवस पनि हो । त्यस अबसरमा दुइ तिन लाखको करिब एक रोपनी जति बारी किनिदिएर सहयोग गरौँ । यस कार्यमा काहिबाट सहयोग नमिलेपनि मैले आँट गरेँ । हामीले यति गरिदिएपछि हुन् सक्ने सम्म उपचार गर्न सरकारलाई पनि करै लाग्छ । यस पुन्य कार्यमा इच्छुकहरुले मार्च १ सम्म जवाफ पठाउनु हुन् अनुरोध छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...