इलाम, १८ माघ । सहारा फुटबल क्लब पोखरालाई एकका विरूद्ध दुई गोलले पराजित गर्दै झापा ११ यहाँ जारी माइ भ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
झापाको जितमा योगेश गुरूङले खेलको १४ औँ मिनेटमा गोल गर्दै अग्रता कायम गरे । पहिलो हाफमा एक गोलले पछि परेको सहाराले ७९ औँ मिनेटमा भिक्टरको गोल मार्फत खेल बराबरी गरे पनि लगत्तै ७१ औँ मिनेटमा झापा ११ का विशाल राईले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्याए । त्यसपछि खेलमा थप गोल भएन र झापाले खेल आफ्नो पक्षमा पार्यो ।
सुरूआतदेखिनै खेलमा झापाले सहारालाई दबाबमा राखेको थियो । खेलको म्यान अफ दि म्याच झापा ११ का योगेश घोषित भए ।
दश टोली सहभागी प्रतियोगिताको मङ्गलबारको दोस्रो सेमिफाइनल खेल त्रिभुवन आर्मी क्लब र भारतको दार्जिलिङस्थित शेर फुटबल क्लबबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु तीन लाख ५० हजार र उपविजेताले रु एक लाख ७५ हजार पाउनेछन् ।
No comments:
Post a Comment